
लण्डन । तमुधिँ युकेले यस वर्षको तमु ल्होसार विविध कार्यक्रमका बीच सम्पन्न गरेको छ ।
अल्डरसटस्थित एम्पाएर हलमा डिसेम्बर ३१ मा विविध कार्यक्रमसहित तमुहरुको नयाँ ल्होछार कार्यक्रम मनाइएको हो ।
नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङको संयोजकत्वमा कार्यसमिति र आमा समूहको सहकार्य रहेको यो २२औं ल्होछार कार्यक्रममा हल खचाखच भरिएको थियो भने बाल्कोनी समेत खाली थिएन ।
संस्थाका अध्यक्ष हितकाजी गुरुङको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य तथा विशेष अतिथिमा उपनियोग प्रमुख प्रमुख श्रीमती रोशन खनाल सहित विभिन्न संघ संस्थाका अध्यक्षहरु, गैर आवासीय नेपाली संघका प्रतिनिधिहरु, काउन्सिलरहरु, धर्मगुरुहरु, संस्थाका ट्रष्टीहरु, भूपू अध्यक्षहरु र मिडियाकर्मीहरु लगायत आजीवन सदस्यहरु र ग़ैर सदस्यहरुको बाग्लो उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्य र विशेष अतिथि उपनियोग प्रमुख श्रीमती रोशन खनाल, अध्यक्ष हितकाजी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, आमा समूहका अध्यक्ष मंजु सीता गुरुङ, एनआरएनए आइसिसीका अध्यक्ष कुल आचार्य, नवनिर्वाचित अध्यक्ष हरि गुरुङबाट संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी कार्यक्रम शुभारम्भ गरिएको थियो ।
नेपाल, बेलायत र तमुहरुको राष्ट्रिय गाना गुन्जिएको बेला कलाकारहरु र साना कन्याहरु आफ्नै पहिरनमा स्टेजमा सरिक भएको माहोलले गौरवको क्षण आभास भएको थियो ।
प्रत्येक वर्ष प्रकाशन गरिने तमुहरुको मुखपत्र “फ्रेंसी” को विमोचन गरिएको थियो भने बेलायतबासी तमु समुदाय भित्रका अब्बल विद्यार्थी मध्येकालाई दिइने स्व. डा. हर्क अवार्ड यसपटक सुश्री स्मृति गुरुङले हात पारिन् । उनी मोतिप्रसाद गुरुङ र लक्ष्मी गुरुङका कान्छी सुपुत्री हुन् । स्मृतिले वालिंगफ़ोर्ड स्कूलबाट जेनरल सर्टिफिकेट अफ सेकेन्डरी एजुकेसन (जीसीएसई) परीक्षामा ११ वटा ए स्टार प्राप्त गरेकी थिइन् ।
तमुधी इकाईहरुमा उल्लेखनीय योगदान दिएबापत वहाँहरुको योगदानलाई कदर गर्दै “कम्युनिटी सर्भिस अवार्ड” अध्यक्ष हितकाजी गुरुङ र राजदूतको बाहुलीबाट विकास गुरुङ, देवकला गुरुङ ( लण्डन ब्रान्च) विनोद गुरुङ, भुवानीप्रसाद गुरुङ बीईएम (ह्याम्पसायर ब्रान्च) बाट मायारानी गुरुङ, मनिता घले (दक्षिणपूर्वी लण्डन तमुधिँ) बाट र लक्ष्मी गुरुङ र शान्ति (चारभन्ज्याङ तमु समाज) गुरुङलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ज्ञानचन्द्र आचार्यले विदेशी भूमिमा रहेर पनि आफ्नो मातृभूमिको संस्कार, संस्कृति भेषभूषाको संरक्षण र सम्बर्धन गर्ने प्रयास गरेको र सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई समेटेर नेपाली मेला, गोर्खा कपजस्ता बृहत् भेलाहरु सफलताका साथ सम्पन्न गरेको तमुधिं यूकेले सराहनीय काम गरेको छ भन्दै ल्होछारको शुभकामना व्यक्त गरेका थिए ।
यस कार्यक्रमको पृथक् पक्ष वयोवृद्धद्वय श्रीमती मायारानी गुरुङ (८२) र लक्ष्मी गुरुङ (८४) ले तमुधिंप्रति आफ्नो इकाई र तमुधी यूकेलाई पुर्याएको योगदानप्रति राजदूतले प्रशंसा गर्नुभएको थियो ।
गत डिसेम्बर २६ तारिक आयोजना गरिएको १२औ अधिवेशनले नयाँ कार्यसमितिको चयन गरेको थियो । यसै ल्होछार कार्यक्रममा पुरानो र नयाँ कार्यसमितिबीच कार्यभारको हस्तान्तरण पनि गरिएको थियो । निर्वाचित अध्यक्ष हरि गुरुङ र अध्यक्ष हितकाजी गुरुङ दुवैले मन्तव्य राखेका थिए । हित काजी गुरुङले बोल्ने क्रममा भने, ‘नवनिर्वचित अध्यक्ष हरि गुरुङ तमुधिंका लागि अतियोग्य व्यक्ति हुन् । जसरी सबैजनाले मलाई सहयोग गर्नुभयो त्यसरी नै नवनिर्वाचित अध्यक्ष हरि गुरुङलाई पनि दिनु होला भन्नु भयो । मेरो कार्यकालमा संस्थाका हितका लागि कहिलेकाहीं मैले भनेको भनेको जस्तो कामहरु पूरा गर्न सकिन हूँला । मेरो विवेक र विचार चलाएर सबैका भलोका लागि निर्णय गरेँ होला । कति साथीहरुलाई मन दुखाएँ होला । सबै मैले तमुधीँकै हितको लागि गरेको थिएँ । कतै गल्ती भएछ भने माफ गरिदिनहुन अनुरोध गर्दछु’ भन्नु भयो ।
उनले प्रत्येक कार्यक्रमहरुमा प्रयोजन गर्ने मनकारी व्यवसायी साथीहरु, आमा टोली इकाईका साथीहरु र कार्यसमितिलाई आभार व्यक्त गर्दै आफूलाई निरन्तर सहयोग गरिरहने श्रीमती सीता र छोरीलाई पनि धन्यवाद दिए ।
कल्चरल सेक्रेटरी साधुराम गुरुङको संयोजकत्वमा रमाइला नृत्यहरु प्रस्तुत भएका थिए । तमुधीँ इकाईहरुबाट स्थानिय नृत्यहरुको प्रस्तुति धेरैले मन पराएको देखिन्थ्यो । लन्डन इकाई, रिडिङ तमु समाज, घान्द्रुक समाजको प्रस्तुति राम्रो रहेको सहभागीको प्रतिक्रिया थियो ।
नेपालबाट आएका कलाकारहरु सुरेन्द्र गुरुङ, चिज गुरुङ र भिमु गुरुङले गुरुङ तथा नेपाली भाषाका लोकभाका अनि दोहोरी गीतको बेजोड़ प्रस्तुतिले सबैलाई रमझम बनाए, नचाए । नायिका लक्ष्मी गुरुङको उच्चस्तरको नृत्यले सुनमा सुगन्ध थपेकी थिइन् । सूर्य गुरुङ, विभा गुरुङ, योगेश गुरुङ र हेलिसा गुरुङको उद्घोषणले सबैजनालाई मनमोहक नै बनाएका थिए ।
कार्यक्रमको अर्को आकर्षण भाग्योदय चिठ्ठा रहेको थियो जसमा पहिलो पुरस्कार एक तोला सुन र दोस्रो आधा तोला थियो । न्यू लक्ष्मी ज्वेलर्सका प्रबन्धक श्रीमती लक्ष्मी राई र पेपरवर्क सोलुसन लिमिटेडका श्याम श्रेष्ठले क्रमशः एकतोला र आधा तोला सुन प्रायोजन गरेका थिए । चिठ्ठाको पहिलो विजेता लमजुङ समाजका निबर्तमान अध्यक्ष विश्वजङ्ग गुरुङले प्रथम पुरस्कार एकतोला सुन हात पारेका थिए ।
१५ पाउन्डमा खानासहित र आजीवन सदस्यहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरेको यो भब्य कार्यक्रमलाई धेरैले प्रशंसा गरेका थिए ।
ठीक मध्यरातमा स्याम्पेन फोरेर अंग्रेजी नयाँ वर्षलाई भब्य स्वागत गरी कार्यक्रम समापन भएको थियो ।
यस कार्यक्रममा एम्पायरका प्रबन्धक पुरण गिरीले खानाको ब्यवस्था गरेका थिए भने साउण्ड सपन इन्टरटेनमेण्टका प्रबन्धक सपन राईले ब्यवस्था गरेका थिए । भिडियोग्राफी मिडिया सेक्रेटरी एसके गुरुङ र फोटोग्राफी गोर्खा मिडियाका प्रमुख प्रबन्धक मिलन तमुले गरेका थिए ।
तमुधी यूकेका महासचिव (नवनिर्वाचित उपाध्यक्ष परशु गुरुङले औपचारिक कार्यक्रम संचालन गरेका थिए ।

श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान