लण्डन । करिब चार सातादेखि हराइरहेका नेपाली युवा किरण पुनको हत्याको आशंकामा प्रहरीले बेलायतको फ्लीटबाट अर्का एक जनालाई पक्राउ गरेको छ ।
ह्याम्पसायर प्रहरीका अनुसार २९ वर्षीय पुरूषलाई आज पक्राउ गरिएको हो र अनुसन्धानका लागि हाल थुनामा राखिएको छ । उनी नेपाली मूलकै हुन् वा होइनन् भन्ने प्रहरीले खुलाएको छैन ।
यसअघि सोही अनुसन्धानमा खटिएका प्रहरीहरूले २९ वर्षीय पुरुषलाई अल्डरसटबाट पक्राउ गरेको थियो । उनलाई पनि अहिले प्रहरी हिरासतमा राखिएको छ ।
प्रहरीका अनुसार डिसेम्बर १ तारिखका दिन साँझ करिब साढे ७ बजेतिर किरण पुन अल्डरसट स्टेशनबाहिर बसबाट ओर्लिएका थिए । उनी सो दिन उनको निवास विल्सायर, एम्सबरीबाट अल्डरसट आएको बुझिएको छ ।
डिटेक्टिभ इन्सपेक्टर होवार्ड ब्रोड्रिवले भनेका छन् ‘हामीहरू किरण पुनको कहाँ हुन सक्छन्, उनलाई के भएको हुन सक्छ भन्ने पत्ता लगाउन मिहिनेत गरिरहेका छौँ । उनको बारेमा सानो वा ठूलो जस्तोसुकै सूचना भए पनि दिएर सहयोग गर्न अनुरोध गर्दछौँ ।’
किरणको फार्नब्रो, अल्डरसट, बेजिङस्टोक र एण्डोभरमा पनि साथीभाइ आफन्त रहेको बताइएको छ ।
करिब ५ फिट ८ इन्च अग्ला किरणको छोटो कालो कपाल, खैरो आँखा, पातलो अनुहार र चिउँडोमा खत रहेको बताइएको छ । उनको बारेमा केही जानकारी भए ह्याम्पसायर प्रहरीलाई १०१ मा फोन गरी रिफरेन्स नम्बर 44220510992 उल्लेख गरी जानकारी दिन सकिने छ । यसैगरी आफ्नो नाम नखुलाई ०८०० ५५५ १११ मा क्राइमस्टोपरमार्फत जानकारी दिन सकिने छ ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता