काठमाडौँ । आमनिर्वाचनमा प्रभावशाली नेताहरुले पनि अनपेक्षित परिणाम भोग्नु शुरु गरेका छन् । यसक्रममा नेकपा (एमाले) का दोस्रो वरियताका नेता, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौँ-५ बाट पराजित भएका छन् ।
यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित पोखरेललाई नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले हराएका हुन् । मंगलबार सम्पन्न मतगणनाअनुसार पौडेलले १५ हजार २३७ मत पाए भने पोखरेलले १० हजार १७५ मत मात्र पाए ।
पौडेल तनहुँबाट टिकटको आकांक्षी थिए तर रामचन्द्र पौडेल तनहुँबाट उठ्ने भएपछि काठमाडौँमा उनलाई उठाइएको थियो । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहेका पौडेल गत निर्वाचनमा प्रदेश सभा सदस्यमा ५ मतले पराजित भएका थिए ।
उता पोखरेल भने २०४८ यता नै एमालेको प्रभावशाली नेता रहँदै आएका छन् । तथापि संसदमा उनको जित भने सधैँ एकनासको थिएन । उनी कहिले धनुषाबाट त कहिले काठमाडौँबाट पराजित भएका थिए ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल