
लन्डन । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले पूर्वब्रिटिस गोर्खाहरुका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग आग्रह गर्नुभएको छ ।
नेपालमा भ्रमणमा रहनुभएकी संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री सीमा मल्होत्राबीच मन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा मन्त्री खनालले उक्त अनुरोध गर्नुभएको हो ।
मन्त्री मल्होत्राले बेलायती सरकार पूर्वब्रिटिस गोर्खाहरूको समस्या समाधान गर्न सकारात्मक रहेको धारणा व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।
भेटमा उहाँहरुबीच नेपाल–बेलायत सम्बन्धका विभिन्न पक्षहरूबारे छलफल गर्दै यी सम्बन्धहरूलाई आधुनिकीकरण गर्न आवश्यक रहेकामा जोड दिइएको मन्त्रालयले जनाएको छ । साथै, लगानी, व्यापार, शिक्षा, पर्यटन, जलवायु कार्य र डिजिटल प्रविधि क्षेत्रहरूमा सहकार्य विस्तार सम्बन्धमा छलफल भएको थियो ।
मन्त्री मल्होत्रा तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार काठमाडौं पुग्नुभएको हो । भ्रमणका क्रममा उहाँले अन्य सरकारी मन्त्रीहरूसँग पनि भेटघाट गर्ने तथा लुम्बिनी र कपिलवस्तु भ्रमण गर्ने कार्यक्रम छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]