
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बेलायतकी महारानी एलिजावेथ द्धितियप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । गत सोमबार १९ सेप्टेम्बर अर्थात् स्वर्गीय महारानी एलिजाबेथको अन्तिम संस्कार (फ्यूनरल) का दिन बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा बौद्ध परम्परानुसार श्रद्धाञ्जली सभाको आयोजना गरी शोक व्यक्त गरेको हो ।
बीसीसी युकेका धर्मगुरु टुल्कु जिग्मे सामतेन, खेन्पो केल्जङ्ग र लोपेन नोर्बुले स्वर्गिय महारानी एलिजावेथ द्धितियको दिवंगत आत्माको शान्तिका लागि बौद्ध परम्परानुसार मर्मे पाठ, मलम पाठ, छोक पूजा गरेका थिए । त्यस्तै, बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, लामा गुरुहरु, संस्थापक आमा समूह अध्यक्ष ज्ञानुमाया गुरुङ, आमा समूह सचिव शारदा गुरुङ, आमा समूह सहसचिव पवित्र गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङ, आमा समूह सल्लाहकार लालकुमारी गुरुङलगायत आमाहरुले दीप प्रज्ज्वलन गरी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
उक्त श्रद्धाञ्जली सभामा बीसीसी युके अध्यक्ष धर्म तामाङ्गले महारानी एलिजावेथ द्धितियप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आफूले संघसंस्थाको सामाजिक अभियन्ताको हैसियतले स्वर्गीय महारानीसँग दुई पटक दरवारमा भेट गर्ने अवसर प्राप्त गरेको बताए । साथै, उनले प्रत्येक अगष्ट महिनामा बकिङघम प्यालेसमा अर्थात् दरवार सर्वसाधारणका लागि खुल्ला हुने बताउँदै सबैलाई भ्रमण गर्न आग्रह गरे । त्यस्तै, उनले उक्त दरवार भ्रमणका लागि गोर्खाज परिवारले निःशुल्क भ्रमण गर्न सकिने समेत जनाए ।
त्यस्तै, बीसीसी युकेका महासचिव क्याप्टेन देव घलेले औपचारिक कार्यक्रमको संचालन गर्दै स्वर्गीय महारानीको जन्म, राज्यभिषेक, ७० वर्षे राज्यकालका साथसाथै बीसीसी युकेले बेलायतको राजपरिवारप्रति गर्दै आएको श्रद्धा र सम्मानबारे जानकारी दिए ।
स्मरण रहोस्, बीसीसी युकेले बेलायतकी महारानी एलिजावेथ द्धितियको स्वर्गारोहणको सातौं दिन स्वर्गीय महारानीको दिवंगत आत्माको चीर शान्तिका लागि धर्म गुरुहरु एवं भक्तजन तथा शुचचिन्तकहरुले मर्मे र मलम पाठसहित १०८ वटा दीप प्रज्ज्वलन गरेका थिए । त्यस्तै, गत शनिबार बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, महासचिव क्याप्टेन देव घले, धर्मगुरु लोपेन नोर्बु, तेमसाङ्ग तामाङ्ग, पदम तामाङ्गलगायत बकिङ्गमहम प्यालेसमा गई बीसीसी युकेको तर्फबाट स्वर्गीय महारानीको पार्थिव शरीरमा माल्र्यापण गरेका थिए ।

पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम