लन्डन । आवासीय अधिकारले बेलायत यात्रा त तय गर्यो तर यहां अभावै अभाव । छर छिमेकसंग बोलौं चिनजान छैन्, चिनेपनि अंग्रेजी बोल्न मुश्किल छ । साथमा सन्तान छैनन् र भएकाको पनि बेलायती व्यस्त जीवनले भेटघाट विरलै छ । जाऊं कतै चिनेजस्तो लाग्दैन् ।
बिरानो देशमा यस्तै वातावरणले विरक्तिएका भूपू गोर्खा वृद्धवृद्धाहरुलाई अब केही हदसम्म राहत मिल्ने भएको छ । उनीहरु अब कतै भेला भएर आफ्ना दुःख सुःख बिसाउन सक्नेछन् आफ्नै उमेर समूहका नम्बरीसंग, दौंतरीसंग वा गाउंलेसंग ।
हङ्स्लो काउन्सिल, एज यूके हङ्स्लो, गोर्खा सेटलमेन्ट सर्भिस् र गेसो हङ्स्लो शाखाको संयुक्त पहलमा प्रत्येक मंगलबार भूपू गोर्खा वृद्धवृद्धाहरुका लागि नियमित सामाजिक भेला गर्ने तयारी अन्तिम चरणमा छ ।
आगामी २६ अगष्ट मंगलबारदेखि मोन्टेगू हल हङ्स्लोमा इच्छुक वृद्धवृद्धा आएर गफ गर्न सक्नेछन्, अंग्रेजी र कम्प्युटर सिक्न अनि योगा कक्षा लिन सक्नेछन् । जिपी वा अन्य समस्या भोगिरहेको भए त्यो सम्वन्धित निकायसम्म लगिदिने काम पनि स्वयंसेवकहरुमार्फत हुनेछ । मन हुनेहरुलाई नाच्न, गाउन पनि छुट छ । चियापानी र हल्का खाजा सित्तैमा उपलव्ध हुनेछ । समय भने हाललाई १२ देखि १ बजेसम्म राखिएको कार्यक्रम संयोजक धर्म तामाङले वीनेपालीलाई जनाए । गैर गोर्खाहरुका लागि पनि प्रवेश खुल्ला भएको तामाङले उल्लेख गरे । एक्लो र बिरानो महशुस गरिरहेका वृद्धवृद्धाको मन भुलाउन र उनीहरुका समस्या समाधान गर्न भेलाले प्राथमिकता दिने अपेक्षा छ । हङ्स्लो, फेल्थाम, हेज र ग्रीनफोर्डसम्मका वृद्धवृद्धा साप्ताहिक जमघटमा जान सक्ने जनाइएको छ ।
उक्त जमघटमा सहभागी हुन वा स्वयंसेवक बन्न इच्छुकलाई अवसर भएको जनाउंदै तामाङले ०७७२३०६३९६१ मा सम्पर्क गर्न भनेका छन् । त्यस्ता स्वयंसेवीहरुलाई सातादिनको प्रशिक्षण समेत दिइनेछ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]