
लण्डन । नेपाली उखान ‘ओरालो लागेको बाच्छोलाई मृगले पनि लखेट्छ’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको राजनीतिक जीवनमा पनि मेल खान पुगेको छ ।
हिजो बिहानसम्म प्रचण्ड बहुमत समर्थन पाएका प्रधानमन्त्रीका रुपमा रहेका उनी यो समाचार तयार पार्दासम्ममा संकटको गहिरो भुँवरीमा पसेका छन् ।
उनको मन्त्रिपरिषद्मा अर्थ मन्त्री रहेका ऋषि सुनक र स्वास्थ्य मन्त्री साजिद जाविदले राजिनामा दिएपछि उनीहरुलाई पछ्याउँदै कञ्जरभेटिभ पार्टीका ३६ जना सांसदहरुले विभिन्न सरकारी जिम्मेवारीबाट राजिनामा दिएका छन् ।
अहिलेसम्म उनलाई साथ दिँदै आएका मन्त्रिपरिषद्का अरु मन्त्रीहरुले पनि राजिनामा दिन सल्लाह दिएको समाचारहरु बाहिर आएका छन् ।
ब्रेक्जिटको जनमत संग्रहदेखि साथ दिँदै आएका माइकल गोभ र हिजो मात्र अर्थ मन्त्री नियुक्त गरिएको नादिम जहावीले पनि जोन्सनलाई राजिनामा दिन सुझाव दिएको बताइएको छ ।
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने