
लण्डन । नेपाली उखान ‘ओरालो लागेको बाच्छोलाई मृगले पनि लखेट्छ’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको राजनीतिक जीवनमा पनि मेल खान पुगेको छ ।
हिजो बिहानसम्म प्रचण्ड बहुमत समर्थन पाएका प्रधानमन्त्रीका रुपमा रहेका उनी यो समाचार तयार पार्दासम्ममा संकटको गहिरो भुँवरीमा पसेका छन् ।
उनको मन्त्रिपरिषद्मा अर्थ मन्त्री रहेका ऋषि सुनक र स्वास्थ्य मन्त्री साजिद जाविदले राजिनामा दिएपछि उनीहरुलाई पछ्याउँदै कञ्जरभेटिभ पार्टीका ३६ जना सांसदहरुले विभिन्न सरकारी जिम्मेवारीबाट राजिनामा दिएका छन् ।
अहिलेसम्म उनलाई साथ दिँदै आएका मन्त्रिपरिषद्का अरु मन्त्रीहरुले पनि राजिनामा दिन सल्लाह दिएको समाचारहरु बाहिर आएका छन् ।
ब्रेक्जिटको जनमत संग्रहदेखि साथ दिँदै आएका माइकल गोभ र हिजो मात्र अर्थ मन्त्री नियुक्त गरिएको नादिम जहावीले पनि जोन्सनलाई राजिनामा दिन सुझाव दिएको बताइएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान