
लन्डन । लन्डन बरो अफ हन्स्लोका ५६ औं मेयर विष्णु गुरुङले बेलायतस्थित नेपाली सञ्चारकर्मीहरुलाई सम्मान गरेका छन् ।
शुक्रबार सांझ हन्स्लो हाउसमा आयोजित एक समारोहबीच मेयर गुरुङले आफ्नो कार्यकाल सफल बनाउन योगदान गरेको भन्दै पत्रकारहरु नवीन पोखरेल, शिव भण्डारी, नरेन्द्र बस्नेत, एभरेष्ट गौतम, बाचस्पति रेग्मी र मिलन शर्मालाई प्रमाणपत्रसहित सम्मान गरे ।
अन्य पत्रकारहरु नरेश खपांगीमगर, ध्रुवराज अर्याल, चिरन शर्मा, दिनेश परियार र विमला सेने भने सम्मान ग्रहण कार्यक्रममा सहभागी हुन सकेनन् ।
‘तपाईंहरुले मेरो कार्यकालमा धेरै सहयोग गर्नुभयो । सायद मिडियाको सहयोग बिना म र मेरो कामबारे कसैलाई थाहा हुने थिएनु, एक दशक बढी समय बेलायतको स्थानीय राजनीतिमा होमिएका भूतपूर्व गोर्खा गुरुङले भने’, ‘म अब काउन्सिरमात्र रहे भने नेपाली र बेलायती समुदायका लागि निरन्तर लागिरहनेछु ।’
मेयर गुरुङले कोभिड महामारीले गर्दा कतिपय योजना सफल हुन नपाएपनि केही महत्वपूर्ण कार्य भने गर्न भएको सुनाए । ‘लन्डनका ३२ बरोमध्ये हामी वेष्ट बरो अफ दि इयर हुन सफल भयौं । यसमा सबै कर्मचारी र काउन्सिलरहरुको साथ छु’, उनले भने ।
गुरुङसंग सञ्चारकर्मीहरुले विभिन्न विषयमा अन्तरक्रिया र उनको अनुभव समेत सुने ।
लेबर पार्टी आवद्ध गुरुङको मेयर कार्यकाल यही ३१ मेमा सकिंदैछ । तर उनी गत मे ५ मा सम्पन्न निर्वाचनमा तेस्रो पटक पुनः काउन्सिलर निर्वाचित भएका छन् ।
गुरुङ सन् २०१४ मा हन्स्लोकै हानवर्थ पार्क क्षेत्रबाट पहिलोपटक काउन्सिलर निर्वाचित भएका थिए ।
सन् २०१४ देखि २०१५ मा डेपुटी मेयर समेत बनेका गुरुङ सन् २०१८ मा पुनः काउन्सिलर निर्वाचित भए । दुई पटक काउन्सिलर, एकपटक डेपुटी मेयर र हाल मेयरको जिम्मेवारी सम्हाल्दै आएका गुरुङ सन् २००५ देखि लन्डनमा बस चालकको रुपमा पनि कार्यरत छन् ।

बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा