
काठमाडौं । अमेरिकी पाँच सदस्यीय सांसदको टोली नेपाल आइपुगेको छ । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको उपलक्ष्यमा सेनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वको टोली तीन दिने भ्रमणका लागि शुक्रबार बेलुकी काठमाडौं आइपुगेको हो ।
नेपाल अमेरिका सम्बन्ध, युक्रेनमाथि रुसी हमालाविरुद्धको एकमत बनाउन, हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्न अमेरिकी सांसदको टोली नेपालमा आएको हो । क्रिस्टन जिलिब्रान्डसहित सेनेटरहरु, शेल्डन ह्वाइटहाउस, कोरी बुकर र मार्क केली, मोन्डेयर जोन्स रहेका छन् । अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार उक्त टोली र परराष्ट्र मन्त्री नारायण खड्काबीच शनिबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता हुने छ ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह