
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेसिन थपिने भएको छ ।
अनअराइभल भिसामा नेपाल आउने विदेशी पर्यटकहरुका लागि विद्युतीय भुक्तानीमा समस्या देखिएपछि राष्ट्रिय वाणिज्य बैंकले एटिएम थप्न थालेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलको अनअराइभल कक्षमा आज नै राष्ट्रिय वाणिज्य बैंक एटिएम मेसिन जडान गरिने तयारीअनुसार काम भइरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि विमानस्थलमा प्रभु बैंकको एउटा एटिएम मेसिन मात्रै भएको र उक्त मेसिनले मास्टर कार्ड रिड गर्न छाडेपछि समस्या आएको थियो । अनअराइभल भिसाका लागि विद्युतीय भुक्तानीमा देखिएको समस्या समाधानका लागि यात्रु प्रस्थान कक्षमा बैंकको एटिएम राखिने योजनाअनुसार काम भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानस्थलमा विद्युतीय भुक्तानी प्रणालीमा समस्या देखिएपछि विमानस्थलको अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै पर्यटकहरुलाई साथमा २०० डलर बोकेर आउन आग्रह गरेको थियो । धेरै भीडभाड तथा प्राविधिक समस्याका कारण रकम ननिस्कने समस्या देखिएपछि नगद बोक्न आग्रह गर्दै कार्यालयले सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाको चौतर्फी आलोचना भएपछि विमानस्थलले सुधारका लागि तयारी गर्नुका साथै एटिएमसमेत थप गर्न थालेको हो ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर