
काठमाडौं परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपाल भ्रमणमा रहेकी दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप–सहायक विदेश मन्त्री केल्ली किडरलिङले भेटवार्ता गरेकी छन् ।
सोमबार सिंहदरबास्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल अमेरिकाबीचको मित्रता र द्विपक्षीय सहकार्यबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्षको अवसरमा सहायक विदेशमन्त्री किडरलिङ नेपाल भ्रमणमा आएकी हुन् ।
पाँच महिनाको अन्तरालमा उनी दोस्रोपटक नेपाल भ्रमणमा आएकी हुन् । गत नोभेम्बर तेश्रो साता उनी काठमाडौं आएकी थिइन् । नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपछि नेपाल आउने उनी पहिलो वरिष्ठ अमेरिकी अधिकारी हुन् । किडरलिङ भोलि स्वदेश फर्कने कार्यक्रम छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा