
दमौली । जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका कलाकार पल शाहविरुद्ध पीडित भनिएकी नाबालिगले तनहुँ जिल्ला अदालतमा बयान फेरेकी छिन् ।
तनहुँ अदालतमा आज भएको बकपत्रमा पीडितले बयान फेरेकी हुन् ।
जबर्जस्ती करणीको अभियोगमा थुनछेक बहसपछि कलाकार शाह पुर्पक्षका लागि थुनामा छन् । अदालतले आज पीडित र साक्षीको बकपत्र लिएको छ । गत चैत १० गते शाह पुर्पक्षका लागि थुनामा गएपछि तनहुँ अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ ।
तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले पल शाह प्रकरणमा आज बकपत्र लिने काम भएको जानकारी दिनुभयो ।
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने