
वासिङ्टन। अमेरिकाको सर्वोच्च अदालतमा कन्टाजी ब्राउन ज्याक्सन न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बन्नुभएको छ । अमेरिकी सिनेटले शुक्रबार ज्याक्सनको नाम न्यायाधीशमा अनुमोदन गरेपछि सर्वोच्च अदालतको २३३ वर्षको इतिहासमा अश्वेत महिला न्यायाधीशका रूपमा ज्याक्सनले नाम लेखाउन सफल हुनुभएको हो ।
सर्वोच्च अदालतको नौ सदस्यीय बेन्चमा एक मात्र अश्वेत महिलाका रूपमा ज्याक्सन देखिनुहुनेछ ।
राष्ट्रपति जो बाइडेनले आफ्नो चुनावी अभियानको क्रममा सर्वोच्च अदालतमा अश्वेत महिला न्यायाधीश नियुक्त गर्ने बाचा गरेअनुसार ज्याक्सनलाई न्यायाधीसमा सिफारिस गरिएको जनाइएको छ ।
तीन रिपब्लिकन सिनेटरले आफ्नो पार्टीगत ‘लाइन क्रस’ गरेर न्यायाधीश ज्याक्सनको पक्षमा मतदान गरेपछि उहाँको नाम अनुमोदन भएको हो । सिनेटमा मतदानको अध्यक्षता पनि पहिलो अश्वेत महिला उपराष्ट्रपति कमला ह्यारिसले गर्नुभएको थियो ।
५१ वर्षीया ज्याक्सनले हावर्ड विश्व विद्यालयबाट दुई विषयमा डिग्री हासिल गर्नुभएको छ । सर्वोच्च अदालतमा छ जना कन्जरभेटिभ न्यायाधीश रहेका छन् ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान