
काठमाडौं । पाशुपत क्षेत्रमा बतास समूहले सञ्चालन गरेको धर्मशालामा तालाबन्दी गर्ने पशुपति क्षेत्र विकास कोषको दोस्रो प्रयास असफल भएको छ । कोषका पदाधिकारी तालाबन्दी गर्न आएको भन्दै बतास समूहले शुक्रबार धर्मशालाको गेट नखोलेपछि उनीहरू फर्किएका छन् ।
गत साताको बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित कोषका पदाधिकारी धर्मशालामा तालाबन्दी गर्न पुगेका थिए । तर, तालाबन्दी गर्न भने सकेनन् । शुक्रबार पनि कोष पदाधिकारी धर्मशाला पुगे । तर, धर्मशालाको गेट नखोलेपछि कोषका पदाधिकारी फर्किए । आनन्द बतास समूहका प्रबन्ध निर्देशक जेपी पोखरेलले तालाबन्दी गर्न आएकाले गेट नखोलेको जानकारी दिए ।
काेषका पदाधिकारीले आफूहरू तालाबन्दी गर्न नआएको र कोषको सम्पत्ति हेर्न आएको बताए पनि धर्मशालाका कर्मचारीले तालाबन्दी गर्ने अधिकार कोषका पदाधिकारी नरहेको भन्दै गेट खोल्न नमानेका हुन् । यो विषय अदालतमा विचाराधीन रहेकाले त्यहाँबाट हुने फैसला आफूहरूलाई मान्य हुने बताउँदै ती कर्मचारीले गेट नखोल्ने जिकिर गरे ।
जनप्रतिनिधिको रोहवरमा तालाबन्दी गर्ने कोषको प्रयास पनि असफल भएको छ । धर्मशालाको विषय अदालतमा विचाराधीन रहेको भन्दै तालाबन्दी गर्ने विषयमा काठमाडौं महानगर वडा ८ का अध्यक्ष दिनेश डंगोलले हस्ताक्षर गर्न मानेनन् ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक