हङकङ। हङकङकी नेतृ क्यारी लामले दोस्रो कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ ।
विवादले भरिएको पहिलो कार्यकालको पृष्ठभूमिमा उहाँले आफू दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा नजाने घोषणा गर्नुभएको हो ।
उहाँ हङकङकी प्रमुख कार्यकारी निर्वाचित भएपछि आफ्नो कार्यकालभरी हङकङमा विपक्षी समूहहरूले उहाँमाथि विभिन्न आरोप लगाउँदै ठूलो प्रदर्शन भएको थियो ।
६४ वर्षीया लाम सन् २०१७ मा हङकङको नेतृत्वमा आएकी थिइन् ।
आफ्नो परिवारलाई समय दिनका लागि दोस्रो कार्यकाल सेवामा नरहने उहाँले बताउनुभएको हो ।
हालका प्रमुख सचिव जोन लीले लामको स्थान लिने अनुमान गरिएको छ ।
१५ सय जना रहेको एक कमिटीले हङकङको प्रमुख कार्यकारी चयन गर्ने परम्परा रहेको छ ।
उनीहरुले आउँदो महिना (मे) मा नयाँ नेता चयन गर्नेछन् ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य