काठमाडौँ। नेपाल लगातार तेस्रो खेलमा जीत निकाल्दै त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ । पपुवा न्युगिनीलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ३७ रनले हरायो । नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो ।
पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ४७ बल खेल्दै ९ चौका प्रहार गरे । टोनी उराले ४३ रन बनाए । त्यस्तै सेसे बाउले २५ रनको योगदान गरे भने नोरमान भानुअले १७, रिले हेकुरेले ६, चाड सोपरले २ तथा कप्तान असद भालाले एक रन बनाए । बलिङतर्फ नेपालका लागि करण केसीले ह्याट्रिससहित ५ विकेट लिए । त्यस्तै अविनास बोहरा र सोमपाल कामीले दुई/ दुई तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रनको योगफल बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ३३ बल खेल्ने क्रममा तीन चौका र चार छक्का प्रहार गरे । यस्तै रोहित पौडेलले ४१, आशिफ शेखले ३८, मोहमद आदिलले ३१, कुशल भुर्तेलले १७, आरिफ शेखले २ तथा करण केसीले एक रन बनाए ।
बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले तीन, राइली हेकुरेले दुई तथा नोर्मान आनुअ र नोसैना पोकनाले एक/एक विकेट लिए । जीतसँगै नेपालले ३ खेलमा ६ अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको शीर्षस्थानमा छ । सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले अब शनिबार मलेसियासँग खेल्नेछ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने