काठमाडौँ। त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो ।
मलेसियाले दिएको ११५ रनको समान्य लक्ष्य नेपालले १३ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जीतमा आसिफ शेखले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ खेले । ३८ बल खेलेका उनले सात चौका र एक छक्काको मद्दतमा ५७ रनको योगदान गरेका हुन् ।त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २१, दिलीप नाथले १५, रोहित पौडेलले १२ तथा कुशल मल्लले २ रन जोडे ।
बलिङमा मलेसियाका पवनदीप सिंहले २ विकेट लिए भने सैद अजिज र मुहम्मद आमिरले समान १÷१ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो । मलेसियाका लागि जुबाइदी जुल्किफ्लेले ३२ रनको योगदान दिए भने कप्तान अहमद फाजीले २४ रन जोडे । यसैगरी सेइद अजिजले १४, शर्भिन मुनियनडीले ९, मुहमद अमिरले १६ तथा विजय उन्नीले ३ रनको योगदान गरे ।
बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिए भने कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र अविनास बोहराले समान १/१ विकेट झारे । अब नेपालले भोलि पपुवा न्युगिनीसँग खेल्नेछ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन