
वाशिङटन डिसी । अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गर्नुभएको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गर्नुभएको उल्लेख गरिएको छ ।
लामो समय परराष्ट्र सेवामा कार्यरत थम्सनले सन् २०२१ को सेप्टेम्बर १५ देखि अमेरिकाको परराष्ट्र सेवामा दक्षिण तथा मध्य एसियाका लागि मुख्य सहायकमन्त्रीको भूमिकामा कार्यरत रहनुभएको छ । उहाँको नियुक्तिलाई सिनेटले अनुमोदन गरेपछि नेपालका लागि राजदूत नियुक्त हुने व्यवस्था रहेको छ ।
परराष्ट्र सेवामा लामो समय काम गर्नुभएका थम्सनको राजदूतको भूमिकामा नियुक्त हुनुभएको पहिलोपटक हो । यस अगाडि उहाँसँग मलेसियाको राजधानी क्वालालम्पुरमा चिफ अफ मिशन भएर काम गरेको अनुभव रहेको छ । यसअघि रोमानियाका लागि उपनियोग प्रमुख भएर काम गर्नुभएका थम्सनले विभिन्न पदमा रहेर भारत, श्रीलङ्कालगायत देशमा पनि बस्नुभएको स्टेट डिपार्टमेन्टमा रहेको उहाँको व्यक्तिगत विवरणमा उल्लेख गरिएको छ ।
अमेरिकी विदेशमन्त्रीहरुलाई सिधा सहयोग, चौबिसै घण्टा खुला हुने अपरेशन सेन्टर लगायतका विभिन्न इकाइमा बसेर देश सेवा गर्नुभएका थम्सनले परराष्ट्र सेवाभन्दा अघि रक्षा मन्त्रालय मातहत रहेर काम गर्नुभएको अनुभवसमेत रहेको छ ।
युनिभर्सिटी अफ मेरिल्यान्डको पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका उहाँले नेशनल सेक्युरिटी स्टडीमा स्नातकोत्तर उपाधि ग्रहण गर्नुभएको छ ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान