अध्यक्षका उम्मेदवार श्याम लुईटेलको चुनावी प्रतिवद्धता
आदरणीय अग्रज पत्रकार तथा मित्रहरू,
हार्दिक नमस्कार।
नेपाल पत्रकार महासंघ युके शाखाको यही जुन १३ तारिख आइतबारका दिन सम्पन्न हुन गइरहेको पाँचौ अधिवेशनमा मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।
विगत २० वर्षदेखि पत्रकारिता पेशामा क्रियाशील, १० वर्षदेखि पत्रकार महासंघ युकेको सदस्य रही युके शाखाको स्थापनाकालमा सदस्य, महासचिव र हाल दुई पटक वरिष्ठ उपाध्यक्षका रूपमा काम गरिरहेको छु । शाखामा काम गर्दा हासिल गरेको ज्ञान र अनुभवका आधारमा बेलायत शाखालाई सबल नेतृत्व दिनसक्छु भन्ने मेरो आत्मविश्वास छ ।
शाखालाई पेशागत संस्थाका रूपमा विकास गर्ने, पत्रकारहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने, पत्रकारहरूको पेशागत हकहित सुरक्षित गर्न लागि पर्ने, युकेस्थित नेपाली समुदायसित अन्तर्क्रिया बढाउने, सम्पर्क सेतुको काम गरी बेलायतमा उपलब्ध पत्रकारिताका नयाँ र विकसित अभ्यास, सुविधालाई नेपाली पत्रकारहरूले उपभोग गर्न पाउने अवस्थाको सृजना गर्ने, आपत्कालिन राहत कोषको रकम वृद्धि गर्ने र डायस्पोराको पत्रकारितालाई जिम्मेवार तथा व्यावसायिक बनाउने र डायस्पोराबाट नेपाली पत्रकारहरुलाई क्षमता बिकासको लागि तालिम गराउनेलगायतका मेरा योजना छन् ।
नेपाली पत्रकारितामा मेरो डेढ दशक लामो अनुभवले शाखालाई केही गर्न सक्छु भन्ने आत्मविश्वास छ । नेपाल छंदा नेपाल पत्रकार महासंघ राजधानी दैनिक शाखाको अध्यक्ष, उक्त दैनिकमा संसदीय र राजनीतिक रिपोर्टिंगको लामो अनुभव र बेलायतमा वी नेपाली डटकमको प्रवन्ध सम्पादक भएर काम गर्दा यस क्षेत्रलाई अरु बुझ्ने अवसर पाएको छु ।
कोभिड १९ को महामारीमा उम्मेदवारीको प्रचार प्रसार भन्दा पनि हामी विचमै छलफल र सम्पर्क गरिहेको छु । नेपाली समेत कोरोनाबाट संक्रमित भैरहेको दुःखद अवस्थामा प्रचारको शैलीलाई सम्पर्क माध्यम मात्रै बनाएको छु । नेपाल पत्रकार महासंघ युके शाखाको दुई, दुई पटक वरिष्ठ उपाध्यक्ष भै सकेकाले मेरो अन्यत्र जाने ठाउँ पनि कहीं छैन। त्यसैले तपाईं सबै अग्रज तथा मित्रहरुले म प्रति न्याय गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु।
अन्त्यमा मेरो उम्मेदवारीलाई सहयोग गरिदिनहुन सम्पूर्ण पत्रकार मित्रहरूमा हार्दिक विनम्र अनुरोध गर्दछु । साथै, यहाँहरूको सल्लाह, सुझाव र मार्गदर्शनका आधारमा नै म अगाडी बढ्ने विश्वास पनि दिलाउन चाहन्छु । धन्यवाद
तपाईंहरुकै सुखदुखको सहयात्री,
श्याम कुमार लुईटेल
अध्यक्ष पदका उम्मेदबार
सम्पर्क ०७८९४८९८९३०
Email: [email protected]
अध्यक्षका अर्का प्रत्यासी ध्रुवराज अर्यालले ९ बुंदे प्राथमिकता निर्धारण गरी काम गर्ने प्रतिवद्धता
नेपाली पत्रकारहरुको स्तर उन्नति र वृत्ति विकासका लागि एक संयन्त्र नै निर्माण गरी तालिम, प्रशिक्षण, कार्यशाला, अनुभव आदान–प्रदान, अवलोकन भ्रमण लगायतका क्षमता तथा सीप अभिवृद्धिमुलक कार्यक्रम नियमित रुपमा संचालन गर्ने, अन्तर्राष्ट्रिय मिडिया हाउस र सञ्चारकर्मीसंग सम्बन्ध विस्तार गर्न विशेष पहल गर्ने, पत्रकारहरुको अन्तरराष्ट्रिय संगठन आइएफजेसंग शुरु भएको सम्बन्ध र सहकार्यलाई बिस्तार गर्ने र बेलायती पत्रकारहरुको संगठन एनयूजे लगायतसँग सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने, बेलायत तथा नेपालमा समस्यामा परेका नेपाली पत्रकारहरुको सहयोग तथा क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोग गर्ने, शाखाले विगतमा शुरु गरेको आपतकालीन राहत कोषको अवधारणालाई थप अगाडि बढाउने लगायत उनका एजेन्डा छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने