लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको सदस्यता मे महिनाको अन्त्यसम्म आईपुग्दा २ हजार मात्रै पुगेको छ । एनआरएनए युके अध्यक्ष पदका चार उम्मेदवारहरुले सामाजिक संजालमा सदस्यता बनाउने अभियान चलाउने बारेमा सुचना सम्प्रेषण गर्ने र स्थानीय नेपाली अनलाईनमा समाचार प्रकाशित गर्ने वाहेक फिल्डमा फारम भर्ने कामलाई तीव्र बनाउन नसक्दा पंजीकृत सदस्य ५ हजार पुग्न समेत हम्मे हम्मे पर्ने देखिएको हो । गत कार्यकालमा करीव १४ हजार पंजिकृत सदस्य संख्या रहेको एनआरएनए युकेमा यस पटक सदस्य संख्या घटेर ५ हजारबाट नबढने संकेत देखिएको छ।
नयाँ सदस्यताका लागि आवेदन दैनिक २ सयले दिए भएपनि वाँकी १० दिनमा दुई हजार भन्दा बढी सदस्य बढने छैनन् । हालको रेसियो हेर्दा दैनिक करीव २ सय नयाँ सदस्य थपिने काम भैरहेको सिस्टमले देखाएको छ ।
एनआरएनए अमेरिकामा २० हजार भन्दा बढी सदस्यहरु भएपनि एनआरएनएको जन्मभुमि बेलायतमा ५ हजार सदस्य पुग्न मुस्किल पुगेको छ । जसमा मुख्य कारण झन्झटिलो अनलाइन प्रणाली नै भएको एनआरएनए युके अभियन्ताहरुको बुझाई छ । सदस्यता अभियान हाकिरहेका उम्मेदवारले सामाजिक संजालमा काम गरिरहे पनि त्यस अनुसारको काम गर्न सिस्टमले नदिएको सामाजिक अभियन्ता तिलक भट्टराईको अनुभव छ । ‘हामीले दिनभर २० सदस्य बनाउन पनि मुस्किल पर्यो । किनकी एमआइएस सिस्टमबाट फाराम भर्दा कोड जेनेरेटर नभएर सिस्टममै समस्या आयो’, सामाजिक अभियन्ता तथा व्यवसायी भट्टराईले वीनेपालीसँग भने ।
गत साता एमआइएस सिस्टममा आएको समस्या काठमाडौंस्थित एनआरएनए आईटि टोलीले प्राविधिक समस्या समाधान गरेका थिए । यस्ता प्रविधिका समस्याले पनि एक सदस्य बनाउन घण्टौं समय लाग्ने गरेको छ । सदस्यता अनुसार फरक फरक मोवाइल नम्बर र इमेल नयाँ जेनेरेट गर्नु पर्ने भएकाले धेरै समय लाग्ने गरेको अनुभव प्राय: सबैको छ । आर्थिक अनियमितता विवाद र मुद्दा मामलाका कारण एनआरएनप्रति नेपाली समुदाय सकारात्मक देखिएका छैनन् ।
अनलाईन फारम भर्नका लागि अध्यक्ष पदका प्रत्यासी प्रेम गाहामगरले १५ स्थानमा कार्यालय स्थापना गरेका छन । अर्का अध्यक्षका प्रत्यासी सुनिल खड्काले सदस्यता बनाउने कार्य जारी राखेको बताए । अर्का अध्यक्षका प्रत्यासी रोजिना प्रधान राईले सदस्यता बनाउने अभियानमै निस्किएकी छिन । अर्का अध्यक्षका प्रत्यासी दीपक श्रेष्ठ स्कटल्याण्ड घुमेर लण्डन फर्किएका छन ।
आगामी २०२१-२०२३ को नयाँ कार्यसमिति चयनका लागि आगामी जुलाई ३१ तारिखमा निर्वाचन हुँदैछ । आगामी जुन १० भित्र संघले तोकेको एमआइएस सिस्टममा दर्ता भएका सदस्यहरुले मात्रै नेतृत्व चयन प्रक्रियामा सहभागी हुन पाउने छन् । त्यसपछि पनि सदस्यता लिन सक्ने भएपनि उनीहरुले नेतृत्व चयन प्रक्रियामा भने सहभागी हुन पाउने छैनन् ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’