
बेलायतबाट विहिबार विमानमार्फत् २ सय ६० भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री नेपाल पठाइएको छ । शुक्रबार नेपाल पुग्ने गैरआवासीय नेपाली संघ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सेन्ट्रेटरहरु पनि पठाइएको हो । स्वास्थ्य सामग्रीहरु नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाईएको छ।
नेपालमा कोभिड-19 महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम संयुक्त अधिराज्य सरकारले २६० वटा भेन्टिलेटर (130 C-PAP + 130 Bi PAP), भेन्टिलेटरका लागि आवश्यक अन्य
सामग्रीहरु(Consumable for Ventilators) तथा 19,200 फेस शिल्ड सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने छ। उक्त विमानमा साथै NepalMedUK बाट प्राप्त गरी पठाईएको छ।
अत्यावश्यक मेडिकल सामग्रीहरु तथा खोपमा संयुक्त अधिराज्य सरकारको सहयोगका लागि यस राजदूतावासले बिभिन्न तरीकाले पहल गरिरहेको छ। विशेषगरी द्विपक्षीय सहयोग अन्तर्गत अथवा कोभ्याक्स अन्तर्गत यथाशीघ्र
खोप उपलब्ध गराईदिने विषयमा महामहिम राजदूत लोकदर्शन रेग्मीले बेलायतका परराष्ट्र राज्यमन्त्री तथा रक्षामन्त्रीसँग शिष्टाचार भेट गरी अनुरोध गरे।अत्यावश्यक सहयोग सामग्री खोप जुटाउनका लागि बेलायती सरकार, बेलायती संसदका सदस्यहरु, गैरआवासीय नेपाली संघ, बिभिन्न नेपाली संघसंस्थाहरु तथा बेलायती गैरसरकारी च्यारिटी संस्थाहरु सँग भेटघाट, छलफल तथा समन्वय भैरहेको दुतावासले जनाएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने