
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आगामी कार्यकालका लागि नयाँ सदस्यका लागि आवेदन दिनेको सदस्यता प्रमाणिकरण गर्ने अधिकार थप ६ जनालाई दिएको छ । एनआरएनए युके अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र कोषाध्यक्ष तेजेन्द्र रोका मगरमा सीमित रहेको सदस्यता प्रमाणिकरणको अधिकारलाई विस्तार गरि ९ जना पुर्याइएको हो । गत आइतवारबाट उपाध्यक्षहरु प्रेम गाहामगर, रामचन्द्र पोखरेल, सुनिल वावु खड्का, नारायण कंडेल, मोहन कार्की र रोजीना प्रधान राईलाई पनि प्रमाणिकरणमा सहभागी गराइएको महासचिव फडिन्द्र भट्टराईले बताए । जसमा ६ जना उपाध्यक्षहरु छन । उनले सबै बिषयहरु पारदर्शि हुने भएकाले जिम्मेवार पदाधिकारीहरुलाई नयाँ सदस्यताको प्रमाणिकरणमा सहभागी गराउने कार्य सकारात्मक भएको प्रतिक्रिया दिए ।
एनआरएनए युके एमआइएस सिस्टममा प्रवेश गरेपछि अनलाईन मार्फत नै नयाँ सदस्यता भराइएको छ । गत १ अप्रिलबाट खुलाइएको नयाँ सदस्यता आवदेन १० जुनमा सकिदैछ । यतिवेला नयाँ सदस्यका लागि बिभिन्न पदका आंकाक्षीहरु र एनआरएनए अभियन्ताहरु सामाजिक संजाल मार्फत सदस्यता फारम भर्न आव्हान गरिरहेका छन । हालसम्म करीव ५ सय सदस्यहरुले एनआरएनए युकेको सदस्यता लिइसकेका छन भने करीव ४ सय बिभिन्न कारण प्रमाणिकरण हुन सकेका छैनन् ।
यता, एनआरएनए युके आर्थिक विवाद समाधान गर्न वार्ता गरिरहेको संरक्षक मण्डलको बैठकले संस्थापन पक्ष र चार उपाध्यक्षहरु प्रेम गाहामगर, रामचन्द्र पोखरेल, मोहन कार्की र नारायण कंडेल सँग छलफल गरिरहेको स्रोतले बताएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’