लन्डन (जीएनएन)– बेलायतमा गत वर्षको अन्तबाट शुरु भएको लकडाउन सोमबार (मे १७) बाट खुकुलो गरिएको छ ।
लकडाउनपछि टेकअवेमा मात्र सीमित रहेका रेष्टुरेन्ट, पब तथा क्याफेहरूमा अघिल्लो हप्ताबाट आउटडोर अर्थात बाहिर बसेर खानपिन गर्न पाउने नियम लागू गरिएको थियो । सरकारको रोडम्याप अनुसार नै सोमबारबाट लकडाउनको तेस्रो चरण अनुसार थप सहज गरिएको हो ।
सन् २०२१ शुरु भएयता पहिलोपटक पब, बार , क्याफे र रेष्टुरेन्टमा इन्डोर सर्भिस संचालन भएको छ, तर टेबल सर्भिस मात्र अनुमति दिइएको छ ।
यसैगरी मानिसहरु ६ जनासम्मको समूह वा दुई परिवार घरभित्र भेटघाट गर्न र रात बिताउन पाउने भएका छन् । केही समय अघिबाट घरबाहिर गार्डेनमा मात्र भेटघाट गर्न पाउने नियम लागू गरिएको थियो ।
होटल, होस्टल, बी एण्ड बी पुनः सुचारु भएका छन् । लामो समयसम्म टेकअवे सर्भिसमा सीमित रहेका नेपाली रेष्टुरेन्ट व्यवसायीहरु सरकारको नयाँ नियमसँगै आशावादी र उत्साहित भएका छन् ।
नयाँ नियम अनुसार अब झण्डै एक वर्षपछि मानिसहरु अंकमाल गर्न पाउनेछन् । तर, सरकारले निकट सम्पर्क हुँदा भाइरसको जोखिम बढी हुने भएकाले सचेत रहन भने अपिल गरेको छ ।
अन्त्येष्टिमा यसअघि तोकिएको सीमित संख्या सहभागी हुन पाउने नियम हटाइएको छ । यद्यपि, ठाउँ हेरि सहभागितामा नियन्त्रण गर्न सकिनेछ ।
सिनेमा, थिएटर, कन्सर्ट हल र संग्रहालय पुनः खुलेका छन् । यसका साथै केटाकेटीको खेल क्षेत्र, इन्डोर खेल गतिविधि र अभ्यास कक्षाहरू, साना र स्टिम कोठा पनि खुला भएका छन् ।
कोरोना संक्रमण, मृत्यु दर र अस्पताल भर्ना हुनेको संख्यामा कमी आएसँगै सरकारको पूर्व घोषित रोडम्याप अनुरुप सोमबारबाट तेश्रो चरणमा लकडाउन थप सहज गरिएको हो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गत शुक्रबार नयाँ भेरियन्टको डर बावजुद सरकार पूर्व निर्धारित रोडम्याप अनुसार नै अगाडि बढ्ने बताएका थिए ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’