लण्डन । गैरआवासीय नेपाली संघ (एनआएनए) युकेले कारोेना संक्रमणको महामारीमा परेको जन्मभुमि नेपाललाई अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री पठाउने भएको छ । शनिवार बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी तथा नेपाली संघसंस्थाहरुको सहयोग र समन्वयमा उक्त सिलिन्डरसहितका सामग्री पठाउने निर्णय गरेको हो ।
भर्चअल रुपमा जुम मार्फत भएको छलफलमा नेपालमा अस्पतालमा अक्सिजन, भेन्टिलेटर, आइसियु वेड र खोपका लागि दीर्घकालिन पहल गर्ने समझदारी बनेको छ । राजदुत रेग्मीले राखेको एक सय अक्सिजन सिलिन्डरको प्रस्ताव माथि सहमति जनाउदै सामाजिक अभियन्ताहरु, व्यवसायीहरु तथा संघसस्थाहरुले आर्थिक प्रतिबद्धता व्यक्त गर्न थालेका छन । एक अक्सिजन सिलिन्डरको करीव ७ सय पाउण्ड लाग्ने अनुमान गरिएको छ ।
राजदुत रेग्मीले नेपालमा लाग्ने भन्सार छुटलगायतका सरकारसँग समन्वय गर्न काम आफुले गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल पठाउने स्वास्थ्य सामग्रीहरुका लागि सामाजिक अभियन्ताहरु, व्यवसायीहरु र संघसंस्थाहरुका तर्फबाट प्रतिबद्धता जनाउने कार्य जारी रहेको महासचिव फडिन्द्र भट्टराईले जनाए ।
यसअघि शनिवार नै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ज्ञवालीले नेपाली राजदूतहरुलाई सहयोगका पहल गर्न नै प्रत्यक्ष रूपमा निर्देशन दिएका थिए । उनले मुलुकमा अक्सिजन सिलिन्डरसहित अन्य स्वास्थ्य सामग्रीहरुको अभाव हुन थालेकाले सकेसम्म ती सामग्री सहयोगका लागि अन्तर्राष्ट्रिय सहकार्य गर्नुपर्ने मन्त्री ज्ञवालीको भनाई थियो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’