लण्डन । बेलायतमा अब विवाह दर्ता प्रमाणपत्रमा बेहुला र बेहुली दुवैको आमाको नाम उल्लेख हुने भएको छ ।
बेलायतको गृह मन्त्रालयले यससम्बन्धी कानुनमा परिमार्जन गर्दै आजदेखि दुवैको आमाहरुको नाम राख्ने प्रावधान मिलाएको हो ।
समान अधिकारका पक्षमा निक्कै अग्रणी मानिए पनि बेलायतमा हालसम्म विवाह दर्ता प्रमाण पत्रमा दुलाहा दुलहीको पिताको मात्र नाम रहने गरेको थियो ।
विवाह सम्बन्धी ऐनमा परिवर्तन गरिएपछि अब दुवै मातापिताको नाम राख्न सकिनेछ ।
बेलायतको गृह मन्त्रालयले यो निर्णयलाई ‘ऐतिहासिक असंगतिलाई सच्याएको’ बताएको छ ।
बेलायतका चार राज्यहरुमध्ये स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा यसअघि नै विवाह दर्ता हुँदा आमाको नाम सोधिने गरेकोमा इङल्याण्ड र वेल्समा भने यस्तो व्यवस्था थिएन । अब भने पूरा बेलायतमा नै विवाह दर्ता प्रमाणपत्रमा आमाको नाम राख्ने व्यवस्था भएको छ ।
यसैगरी मंगलबारदेखि लागू भएको सो परिवर्तित ऐन अनुसार अब विवाह दर्ताको अभिलेख विद्युतीय अभिलेखमा राखिने छ । यस निर्णयलाई सन् १८३७ यताकै सबैभन्दा ठूलो निर्णय मानिएको छ ।
यसअघि बेलायती संसदमा सबै राजनीतिक दलका सांसदहरुले विवाह दर्तामा दुवै आमाबुबाको नाम रहने कानुन ल्याउनका लागि धेरै वर्ष कोसिस गरेका थिए ।
सरकारले नयाँ नियम बेलायतको शक्तिशाली धार्मिक संस्था चर्च अफ इङल्याण्डसित परामर्शपछि ल्याएको बुझिएको छ ।
चर्च अफ इङल्याण्डका रिभरेण्ड डा मालकोम ब्राउनले विवाहका बारेमा नियम परिवर्तनको लामो इतिहास भएको र यो सीधा नभएको बताएका छन् । उनले नयाँ नियमले चर्चमा गरिने विवाहमा धेरै फरक नपार्ने विश्वास व्यक्त गरे ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]