लण्डन । बेलायतमा अब विवाह दर्ता प्रमाणपत्रमा बेहुला र बेहुली दुवैको आमाको नाम उल्लेख हुने भएको छ ।
बेलायतको गृह मन्त्रालयले यससम्बन्धी कानुनमा परिमार्जन गर्दै आजदेखि दुवैको आमाहरुको नाम राख्ने प्रावधान मिलाएको हो ।
समान अधिकारका पक्षमा निक्कै अग्रणी मानिए पनि बेलायतमा हालसम्म विवाह दर्ता प्रमाण पत्रमा दुलाहा दुलहीको पिताको मात्र नाम रहने गरेको थियो ।
विवाह सम्बन्धी ऐनमा परिवर्तन गरिएपछि अब दुवै मातापिताको नाम राख्न सकिनेछ ।
बेलायतको गृह मन्त्रालयले यो निर्णयलाई ‘ऐतिहासिक असंगतिलाई सच्याएको’ बताएको छ ।
बेलायतका चार राज्यहरुमध्ये स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा यसअघि नै विवाह दर्ता हुँदा आमाको नाम सोधिने गरेकोमा इङल्याण्ड र वेल्समा भने यस्तो व्यवस्था थिएन । अब भने पूरा बेलायतमा नै विवाह दर्ता प्रमाणपत्रमा आमाको नाम राख्ने व्यवस्था भएको छ ।
यसैगरी मंगलबारदेखि लागू भएको सो परिवर्तित ऐन अनुसार अब विवाह दर्ताको अभिलेख विद्युतीय अभिलेखमा राखिने छ । यस निर्णयलाई सन् १८३७ यताकै सबैभन्दा ठूलो निर्णय मानिएको छ ।
यसअघि बेलायती संसदमा सबै राजनीतिक दलका सांसदहरुले विवाह दर्तामा दुवै आमाबुबाको नाम रहने कानुन ल्याउनका लागि धेरै वर्ष कोसिस गरेका थिए ।
सरकारले नयाँ नियम बेलायतको शक्तिशाली धार्मिक संस्था चर्च अफ इङल्याण्डसित परामर्शपछि ल्याएको बुझिएको छ ।
चर्च अफ इङल्याण्डका रिभरेण्ड डा मालकोम ब्राउनले विवाहका बारेमा नियम परिवर्तनको लामो इतिहास भएको र यो सीधा नभएको बताएका छन् । उनले नयाँ नियमले चर्चमा गरिने विवाहमा धेरै फरक नपार्ने विश्वास व्यक्त गरे ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त