लन्डन । बेलायतस्थित नेपाली समाजका अगुवाहरुबाटै बाल गृह र वृद्धाश्रम निर्माणको सहयोगार्थ एनआरएनए युके इंग्ल्याण्ड राज्य समन्वय परिषदद्वारा शनिवार आयोजित च्यारिटि साइकल यात्रा कार्यक्रममा कोभिड नियमको उल्लघंन गरिएको छ । वुल्वीच आर्सनल राइडर्स् (वार) क्लबका सदस्यहरुको सहभागीतामा भएको च्यारिटी साइकल यात्रा बेलायत सरकारको स्वास्थ्य नियम उल्लंघन गरिएको हो । सरकारले विवाहमा १५ जना, दाहसंकारमा ३० जना र बाहिर ६ जनालाई मात्र भेटघाटको अनुमति दिएको छ । तर सरकारी नियमलाई वेवास्था गर्दै उनीहरुले कार्यक्रम गरेका थिए ।
उल्लंघन गर्नेमा गैरआवासीय नेपाली संघ (एनआरएनए) युके अध्यक्ष पुनम गुरुङदेखि सदस्यहरु सम्म छन ।मानव कल्याणका लागि गरिएको च्यारिटी साइकल यात्रामा २३ जना सहभागी थिए । उनीहरुले पनि स्वास्थ्य मापदण्डको नियमलाई वेवास्ता गरे भने अन्य संघसंस्थाका अगुवाहरु पनि नियम उल्लंघन गर्न पछि परेनन् । बेलायत सरकारको स्वास्थ्य नियम विपरीत सामाजिक संजालमा सहभागीहरुले तस्बिर समेत सार्वजनिक गरेका छन ।
बिहान ८ बजे भन्दा केही ढिला गरि लण्डनको साउथ इष्ट वुल्वीचबाट साइकल यात्रामा सहभागीहरु ब्राइटनतर्फ प्रस्थान गरेका थिए । वुल्वीचदेखि ब्राइटनसम्मको ६४ माइल लामो यात्रा करिब ७ घण्टा लगाएर दिउंसो पुरा गरेका परिषद् अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए । शनिवार विहान एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले साइकल यात्रा उद्घाटन गरेकी थिइन । उनले यात्राका लागि शुभकामना पनि दिइन् । उक्त साइकल यात्रीलाई शुभकामना दिन समाजका अगुवाहरु विहानै पुगेका थिए । परिषद अध्यक्ष श्रेष्ठले यात्रा सफलतापुर्वक सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिए ।
साइकल यात्रा सुरु गर्नुअघि पशुपतिनाथ मन्दिर लन्डनका पण्डित ज्योतिषी निलहरि घिमिरेले मन्तोचरण गरेका थिए । एनआरएनए यूके, हेल्प नेपाल नेटवर्क तथा नेपाली युथ एशोसिएसनको सहकार्यमा परिषदले आयोजना
च्यारिटि संकलित कोषबाट यसअघि नै हेल्प नेपाल नेटवर्कद्वारा धुलिखेलमा सञ्चालित बालगृहलाई ४ लाख रुपैयां र बुद्ध फाउण्डेशन यूकेद्वारा कपिलवस्तुमा निर्माणाधिन बुद्ध वृद्धाश्रमका लागि एकलाख ९२ हजार रुपैयां सहयोग हस्तान्तरण गरिसकिएको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]