लण्डन । बेलायतका प्रिन्स फिलिपको अन्तिम सँस्कार शनिबार विन्जर क्यासलमा हुँदैछ ।
उनको सम्मानमा आज दिउँसो बेलायतको समयअनुसार ३ बजे एक मिनेट मौनधारण गरिँदैछ ।
कोभिड १९ का कारण अन्तिम सँस्कारमा ३० जनालाई मात्र उपस्थित हुन दिने बेलायतको नियम पालना गरिएको छ । तर उनको सम्मानमा देशैभरि सम्मान भने दिइने छ ।
उनको अन्तिम सँस्कारको बीबीसी लगायत अन्य मिडियाहरुले लाइभ प्रसार गर्दैछन् ।
फिलिपको शवलाई उनकै सहयोगमा बनाइएको ल्याण्डरोभरमा राखेर शव यात्रा गराइनेछ ।
प्रिन्स फिलिपको सम्मानमा नेपाली समुदायले पनि विशेष समारोह गर्दैछन् । ननिटनस्थित ब्रिटिश गोरखा भेटरान एसोसिएसनले शनिबार दिउँसो ठीक ३ बजे स्थानीय पार्कमा सम्मान कार्यक्रम आयोजना गरेका छन् ।
एसोसिएसनका महासचिव भीम सारुका अनुसार प्रिन्स फिलिपको बेलायतका लागि योगदानका साथै नेपालप्रतिको सद्भावका लागि एसोसिएसनले सो सम्मान व्यक्त गर्न लागेको हो ।
प्रिन्स फिलिपको अप्रिल ९ तारिखमा ९९ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त