
लण्डन । प्लमस्टिडबाट बेहोस अवस्थामा प्रहरीले फेला पारी अस्पतालमा उपचाररत व्यक्तिको पहिचान भएको छ ।
उनी पूर्व गोरखा सैनिक भएको थाहा भएको छ । उनको नाम तेजबहादुर पुन रहेको र उनी परिवारसहित प्लमस्टिडमा बसोबासरत रहेको पुष्टि भएको छ । उनी सेकेण्ड सेकेण्ड गोरखा राइफल्समा पहिले कार्यरत रहेको बताइएको छ ।
मगर संघ प्लमस्टिड शाखाका अध्यक्ष दलप्रसाद थापाका अनुसार उनका छोराले उनी उपचाररत रहेको क्वीन एलिजावेथ अस्पताल उलीचमा गएर भेटेको जानकारी दिए ।
करिब ६० वर्षका पुनलाई प्लमस्टिड हाइस्ट्रीटमा ढलेको अवस्थामा सर्वसाधारणले भेटेर प्रहरीलाई बोलाएपछि उनलाई अस्पताल पुर्याइएको बताइएको छ ।
उनको पहिचानका लागि लण्डन मेट्रोपोलिटन प्रहरीले बुधबार सार्वजनिक अपील गरेको थियो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त