लण्डन । बेलायतका लागि नवनियुक्त राजदुत लोकदर्शन रेग्मीसित गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को एक प्रतिनिधि टोलीले भेट गरी गोरखा भूतपूर्व सैनिकका समस्या यथाशीघ्र समाधानका लागि माग गरेको छ ।
गेसोका कार्यबाहक सभापति धर्मबहादुर तामाङको नेतृत्वमा गएको सो टोलीले राजदुत रेग्मीका साथै उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी रत्नबहादुर गोदारलाई बेलायतमा स्वागत, नयाँ वर्षको शुभकामनाका साथमा गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा ध्यानाकर्षण गराएको थियो ।
गेसो प्रतिनिधि मण्डलले गोरखाहरुको समस्याका बारेमा बनेको प्राविधिक समितिले बनाएको १३ बुँदे प्रतिवेदनको कार्यान्वयनका लागि माग गरेका थिए भने राजदुत रेग्मीले गोरखाहरुको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिएका थिए ।
टोलीमा गेसोका महासचिव दशरथ राई, कोषाध्यक्ष देवीमाया पुन, सचिवालय सदस्य तथा प्राविधिक समितिका सदस्य नरहाङ राई, केन्द्रीय सदस्य मानबहादुर गुरुङ सहभागी थिए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त