लण्डन । कोरोनाभाइरसका कारण लकडाउनमा रहनु परे पनि बेलायतको आर्थिक वृद्धिदरमा वृद्धिको संकेत देखिएको छ ।
अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस)ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार फेब्रुअरी महिनामा बेलायतको अर्थतन्त्र जनवरी महिनाको तुलनामा शुन्य दशमलव ४ प्रतिशतले बढेको पाइएको छ ।
ओएनएसकै अर्को तथ्यांकअनुसार ब्रेक्जिटपछिको दोस्रो महिनामा युरोपियन मुलुकहरुसितको निर्यातमा ३.७ बिलियन पाउण्डले बढेको पाइएको छ । जबकि जनवरीमा ब्रेक्जिटका कारण निर्यात ५.७ बिलियन पाउण्ड घटेको थियो । तर युरोपियन मुलुकहरुबाट आयात भने फेब्रुअरी महिनामा १.२ बिलियन पाउण्ड बराबरको मात्र भएको छ । जनवरी महिनामा सो आयात ६.७ बिलियनले घटेको थियो ।
कोरोनाभाइरसका कारण बेलायतमा लकडाउन लगाइएकोले बेलायतको अर्थतन्त्र सामान्य अवस्थामा आउन भने धेरै बाँकी छ । फेब्रुअरी महिनाको सुधार पनि रोयटरले अनुमान गरेको प्रक्षेपणभन्दा कम्ती देखिएको छ । रोयटरले फेब्रुअरीमा शुन्य दशमलव ६ प्रतिशतले सुधार हुने अनुमान गरेको थियो ।
आइएनजीका अर्थशास्त्री जेम्स स्मिथले सन् २०२१ को दोस्रो चौमासिकमा कुल ग्राहस्थ्य उत्पादनमा ४ देखि ५ प्रतिशतसम्म सुधार हुनसक्ने अनुमान गरेका छन् । ठूलो संख्यामा खोप दिइएको र सोमबारदेखि व्यापारहरु खुला गरिएकाले अर्थतन्त्रमा व्यापक सुधार हुनसक्ने आशा गरिएको हो ।
फेब्रुअरीमा निर्माण क्षेत्रमा १.६ प्रतिशतले सुधार आएको छ भने उत्पादन क्षेत्रमा १.३ प्रतिशत बढेको छ । तथापि सन् २०२० को फेब्रुअरी महिनाको तुलनामा बेलायतको अर्थतन्त्र अझै ७.८ प्रतिशतले खुम्चिएको छ ।
ब्रेक्जिटका कारण बेलायत र युरोपियन युनियनबीचको व्यापारमा आएको कमी पनि अझै पूर्ति हुन सकेको छैन । फेब्रुअरी महिनामा केही सुधार भए पनि गत डिसेम्बरको दाँजोमा अझै निर्याततर्फ १५ प्रतिशत कमी छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]