लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके कार्यसमिति (२०१७-२०१९) ले आर्थिक अनियमिततालाई स्वीकार गरेको छ । एनआरएनए युकेले गठन गरेको आर्थिक अनियमितता छानविन समितिले शनिवार भर्चुअल रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्वअध्यक्ष योगकुमार फगामीले निर्वाचनमा भएका विवादका कारण क्यास रकम चलाउनु पर्ने बाध्यता सिर्जना भएकाले आफ्नो कार्यसमितिबाट केही कमजोरी भएको स्वीकार गरेका हुन् ।
वर्तमान अध्यक्ष पुनम गुरुङ फगामीको कार्यसमितिमा उपाध्यक्ष थिइन ।
‘कोषाध्यक्ष नेपाल गएको र तत्कालिन कार्यसमितिका धेरै साथीहरु निर्वाचनमा होमिएकाले नगद रकम चलाउनु पर्ने बाध्यता भएको हो’, उनले छोटो मन्तव्यमा भने , ‘पत्रकारहरुले हामीलाई निरन्तर खवरदारी गरेर राम्रो काम गरिरहेका छन । त्यसका लागि पत्रकार साथीहरुलाई धन्यवाद दिन्छु ।’ पत्रकार सम्मेलनमा छानविन समिति संयोजक एलएन पाण्डे, सदस्यद्वय डा. मुकुन्द बास्तोला र बुद्धि गुरुङले पत्रकारहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । कार्यसमिति माथि उठेका प्रश्नका जवाफ महासचिव फडिन्द्र भट्टराई र कोषाध्यक्ष तेजेन्द्र रोक्का तथा पुर्वअध्यक्ष योगकुमार फगामीले दिएका थिए ।
पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले वर्तमान कार्यसमितिले छानविन समितिको दिएका सुझाबलाई मनन् गरि कार्यकाल सकिनु अघि आर्थिक कारोबार पारदर्शिता अपनाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले त्यसका लागि चार्टर एकाउन्टेन्ट एलएन घिमिरेसहितको पाँच जनाको टोलीले वर्तमान कोषाध्यक्ष तेजन्द्र रोक्ता सँग मिलेर काम गरिरहेको जानकारी समेत दिइन । तत्कालिन निर्वाचन सहआयुक्त शिवजी श्रेष्ठले स्कटल्याण्ड जाँदा प्रमुख निर्वाचन आयुक्त रि. मे. डम्मर घले र आफुले करीव ४ सय पाउण्ड हवाइजहाज भाडा लिएको बताए । ‘मैले र डम्मर घलेजीले काम छाडेर त्यहाँ जाँदा हवाइजहाज भाडा लिएका हौ’, उनले भने
समिति सदस्य डा. बास्तोलाले संचालन गरेको कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरु, वरिष्ठ पत्रकार भागीरथ योगी, पत्रकार विपीन निरौला, बाचस्पति रेग्मी, आइसीसी सदस्य रामशरण सिंखडा, पुर्व कोषाध्यक्ष सचिन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]