लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके र राज्य समन्वय परिषद्हरुको निर्वाचनले बिस्तारै गति लिन सुरु गरेको छ । सामाजिक संजालमा अनलाइन मार्फत फारम भरेका तस्बिरहरु पदका आकांक्षीहरुले सार्वजनिक गर्न थालेका छन ।
बिगतमा जस्तो पेपर फारम भर्नको सट्टा यस पटक अनलाइन मार्फत फारम भर्ने झन्झटिलो व्यवस्थाले सामाजिक संजाल मार्फत सदस्यता लिन अनुरोध गर्ने खालेको भ्यासेज डेलिभरी गर्न थालिएको हो । एनआरएनए युके उपाध्यक्ष सुनिल वावु खड्काले ‘राजनैतिक परिवर्तन केबल एउटा घोषणाबाट हुन सक्छ । तर सामाजिक परिवर्तन निश्चिय नै समय लाग्न सक्छ । आउनुहोस यस सामाजिक परिवर्तनको दर्शक हैन अभियन्ता बनौ’ भन्दै फेसवुकमा लेखेका छन ।
त्यस्तै, इंग्ल्याण्ड राज्य समन्वय परिषद् अध्यक्ष दिपक श्रेष्ठले पनि सामाजिक संजालमा ‘आफ्नो रोजाईको नेतृत्व चयन गर्न सदस्यता लिन’ आग्रह गरेका छन । त्यस्तै, उपाध्यक्ष रोजीना प्रधान राईले सामाजिक संजाल मार्फत नै एनआरएनए युकेमा नयाँ नेतृत्व चयनका लागि सदस्यता फारम भर्नका लागि अनुरोध गरेकी छिन ।
अर्का उपाध्यक्ष प्रेम गाहामगरले बेलाभरमा रहेको भुतपुर्व गोर्खाहरुलाई एक ठाउँमा जमघट गराई उनीहरुको समस्याका बारेमा नेतृत्व गर्ने घोषणा गरिसकेका छन । उनले सामाजिक संजालमा भन्दा पनि फोन मार्फत समाजका अगुवाहरुसँग सदस्यताका ड्राभइका बारेमा कुराकारी गरिरहेका छन ।
एनआरएनए युकेमा अध्यक्ष पदका आंकाक्षीहरु धेरै रहेपनि औपचारिक रुपमा कसैले उम्मेदवारी घोषणा गरेका छैनन । सदस्यता संख्या बढी भन्दा बढी बनाई नेतृत्वमा दावी गर्ने विगतको प्रचलनलाई भने यस पटक अनलाईन फारमले अप्ठ्यारो पार्ने देखिन्छ । पुर्व गोर्खा परिवारजनहरु बृद्धबृद्धा भएको र स्मार्ट डिभाइस समेत नचलाउने भएकाले आगामी दिनमा समस्या आइपर्ने आशंका गरिएको छ । यद्यपी आफ्नै भोट घट्ने अवस्था आए यो प्रावधानलाई खुकुलो बनाउने सोचमा संस्थापन रहेको स्रोतले बतायो ।
एनआरएनए युकेले डेस्कटप वा ल्यापटपमा members.nrna.org टाईप गरी देशमा UK छानेर सदस्यता फाराम भर्न सकिने बताइएको छ । सदस्यता आवेदन गर्दा परिचयपत्र र ठेगाना खुल्ने कागजात अपलोड गर्न पर्ने बताइएको छ । सदस्यता आवेदन गर्ने मिति १ अप्रिलदेखि १० जुन २०२१ सम्म तोकिएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त