लण्डन । एनआरएनए युके इंग्ल्याण्ड राज्य समन्वय परिषद्ले बेलायतमा गत २१ मार्चको राष्ट्रिय जनगणनामा छुटेका नेपालीहरुलाई हेल्पलाइन मार्फत गरिदै आएको सेवा जारी राखेको जनाएको छ । गत २८ मार्च आइतबार बेलायतमा ‘जनगणना सचेतना अभियान’को समापन गरे पनि हेल्पलाईन सेवा अझै जारी रहेको इंग्ल्याण्ड राज्य समन्वय परिषद्ले जनाएको हो ।
बेलायतमा बसोबास गर्ने नेपाली समुदायको पहिचान खुल्ने गरि जनगणनामा नेपाली लेख्ने अभियानमा सकृय भुमिका निर्वाह गरेको परिषद्ले सरकारको जनगणना तथ्यांक कार्यालय र नेपाल अध्ययन केन्द्रसँग मिलेर जनगणना कार्यलाई बेलायतभर सचेतना जगाएको थियो । उक्त सचेतना अभियानमा तीन दर्जन भन्दा बढी स्वयंसेवक स्वत समावेश भएका थिए । स्वयसेवकले अहिले पनि जनगणना फारम भर्न सहयोग गरिरहेको परिषद् अध्यक्ष दिपक श्रेष्ठले जनाए ।
परिषद्ले ११ वटा उपसमिति बनाएर स्थानीय नेपाली संघसंस्था सँग सहकार्य गरि जनगणनामा काम गरेको थियो । उक्त सचेतनाको प्रत्यक्ष फाइदा नेपाली समुदाय र खासगरी वृद्धवृद्धाहरुले लिएका थिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]