लण्डन । बेलायत सरकारले हरेक वर्षको अप्रिल महिनामा गोरखा भूतपूर्व सैनिकहरुले पाउँदै गरेको पेन्सन हेरफेर यसवर्ष पनि जारी राखेको छ ।
बेलायती रक्षा मन्त्रालयका अनुसार यस वर्ष नेपालमा बढेको महंगीलाई समायोजन गर्न २.९३ प्रतिशत पेन्सन वृद्धि गरिएको छ ।
जसअनुसार सबैभन्दा कम पेन्सन थाप्नेहरुले अप्रिल १ देखि २३ हजार ६४७ रुपियाँ ५१ पैसा भारतीय रकम बराबरको पेन्सन पाउने छन् ।
बेलायतले भारतीय सेनाको पेन्सनलाई आधार बनाएर गोरखाहरुलाई पेन्सन दिने भएकाले अहिले बढेको पेन्सन पनि भारतीय मुद्रामा नै छ । जसलाई अहिलेको प्रचलित सटही दर अनुसार १ भारतीय मुद्राको १.६ नेपाली रुपियाँ हिसाब गरिएको छ ।
उता नेपालमा मुद्रा स्फितिको आधार भने नेपाल राष्ट्र बैँकको ग्राहक मूल्य सूचीलाई बनाइएको बताइएको छ ।
नयाँ पेन्सन दरको पूर्ण विवरण यहाँ क्लिक हेर्नुहोस् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]