लण्डन । गैरआावासीय नेपाली संघ (एनआरएनए) युके कार्यसमितिले बहुमतका आधारमा गठन गरिएको तीन सदस्य समितिले बुझाएको छानविन प्रतिवेदन सार्वजनिक गर्ने बिषयमा सोमबार छलफल गर्ने भएको छ । एनआरएनए युके अध्यक्ष पुनम गुरुङले प्रस्ताब गरिएकै मानिसहरु रहेको समितिले तयार गरेको प्रतिवेदन झण्डै तीन सातापछि प्रतिवेदन सार्वजनिक गर्ने बिषयमा छलफल गर्न कार्यसमिति बैठक बोलाएको हो ।
एनआरएनए युके महासचिब फडिन्द्र भट्टराईले अध्यक्ष पुनम गुरुङको अध्यक्षमा सोमबार साँझ बस्ने बैठकमा एनआरएनए युके सदस्यता, विधान संशोधन र जाँचबुझ समितिको प्रतिवेदन लगायतको बिषयमा छलफल गर्ने एजेण्डा तय गरेको सुचना कार्यसमिति सदस्यहरुलाई पठाएका छन ।
एनआरएनए युके आर्थिक अनियमितता छानविन समिति संयोजक चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डेले दुई साता अघि एनआरएनए युके कार्यसमिति अध्यक्ष पुनम गुरुङलाई छानविन प्रतिवेदन बुझाएको समाचार वीनेपाली डटकमले प्रकाशित गरेको थियो । संयोजक चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डेले सार्वजनिक गर्ने बिषय कार्यसमितिको रहेको बताए ।
गत सेप्टेम्बरमा बसेको एनआरएनए युके कार्यसमितिको पुर्ण बैठकले विवादका विच संयोजक चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डे र सदस्यद्वय डा. मुकुन्द बस्तोला र रि. मे. बुद्धि गुरुङ रहेको छानविन समिति गठन गरेको थियो । समितिले विगतमा एनआरएनए युके कार्यसमितिले र निर्वाचन समितिले गरेको खर्च तथा आर्थिक बिषयहरु सँग जोडिएका व्यक्तिहरु सँग अन्तरवार्ता गरेको संयोजक पाण्डेले जनाए । उनका अनुसार छानविन समितिले हिसाब किताब, रिपोर्ट र कारवाहीका लागि सिफारिस समेत गरेको छ ।
५ वटा अलग अलग फाइलमा बनाइएको रिपोर्टमा छानविन समितिका तीनै जनाको सहमति रहेको छ । समितिले पुर्व अध्यक्ष योगकुमार फगामीदेखि निर्वाचन प्रमुख आयुक्त रि।मे डम्मर घलेसम्मको अन्तरवार्ता लिइएको बताइन्छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद