लण्डन । बेलायत सरकारले शरणार्थीहरुलाई तेस्रो मुलुकमा पठाउने गोप्य दस्तावेज सार्वजनिक भएको छ ।
गृहमन्त्री प्रीति पटेलले संसदीय छलफलका तयार गरेको दस्तावेजमा फ्रान्सबाट गैरकानुनी रुपमा ब्रिटिश च्यानल हुँदै बेलायत छिरेका आप्रवासीहरुलाई तेस्रो मुलुक पठाउने तयारी गरेको गोप्य दस्तावेज सार्वजनिक भएको हो । गैरकानुनी रुपमा मानव तस्करका माध्यमबाट बेलायत भित्रिएका ती शरणार्थीहरुलाई पहिले जस्तो बेलायतभित्रै राखी उनीहरुको आवेदनमाथि सुनुवाई हुने प्रक्रियलाई सरकारले रोक्ने योजना बनाएको छ । उनीहरुलाई मानव बसोबास कम भएका बेलायतका आइल्याण्डहरुमा राखेर यदि उनीहरुको आवेदन अस्वीकृत भएमा फिर्ता पठाउने योजना समेत गृहमन्त्री पटेलको छ ।
गैरकानुनी बसाईको लागि जोखिम मोलेर बेलायतमा क्रमलाई निरुत्साहित गर्न सरकारी योजना रहको बेलायती अखबारले जनाएका छन् ।
बेलायती पत्रिका द टाइम्सका अनुसार ब्रिटिश टेरिटोरी वा स्कटल्याण्डलगायत मध्ये कुनै क्षेत्र वा अन्य मुलुकमा पठाउने गरी आउने साता गृहमन्त्री पटेलले प्रस्ताव ल्याउन र विद्यमान कानुनमा परिवर्तन ल्याउन छलफल चलाई रहेकी छिन् । यद्यपि कहाँ राख्ने भन्ने टुंगो लाग्न बाँकी छ ।
गतवर्ष ब्रिटिश च्यानलबाट ८ सय मानिस बेलायत भित्रिएको तथ्यांक सरकारसँग छ । यस्तो जोखिम यात्रा गरेर विभिन्न डुङ्गामार्फत ८ हजारभन्दा बढी गत वर्ष नै भित्रिएको सरकारी तथ्यांक छ । ज्यानको बाजी राखेर गरिने यस्तो गैरकानुनी कार्यलाई निरुत्साहित गर्ने योजना बेलायत सरकारले अघि सारेको छ । साथै, मानव तस्करीमा संलग्न व्यक्तिलाई आजिवन कारावास गर्ने कानुनी व्यवस्था समेत गर्न लागिएको छ ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद