लण्डन । बेलायतका अर्थमन्त्री ऋषि सुनकले बेलायतको संसदमा बेलायतको बजेट प्रस्तुत गर्दै कर्पोरेसन करमा २५ प्रतिशतले वृद्धि गरेका छन् ।
वृद्धि भएको कर सन् २०२३ देखि लागू हुनेछ । यसअघि कर्पोरेसन कर १९ प्रतिशत मात्र रहेको थियो ।
यस्तै नयाँ बजेटमा आयकरको थ्रेसहोल्ड फ्रिज गरिएको छ । जसका कारण आगामी दिनमा सर्वसाधारणले बढी कर तिर्नपर्ने छ ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सुनकले बेलायतको अर्थतन्त्र पूर्ववत अवस्थामा आउन लामो समय लाग्ने बताएका छन् तर त्यसका लागि जस्तोसुकै कार्य गर्ने पनि वचन दिएका छन् ।
उनले अर्को वर्ष बेरोजगारी दर ६.५ प्रतिशत पुग्ने अनुमान गरेका छन् । तथापि यो दर पूर्वप्रक्षेपित ११.९ प्रतिशत भन्दा कम्ती देखिएको छ ।
सुनकले फर्लो योजनलाई सेप्टेम्बर अन्तिमसम्म लम्ब्याउने घोषणा गरेका छन् । जसमा रोजगारदाताहरुलाई जुलाईमा १० प्रतिशत र अगष्ट र सेप्टेम्बरमा २० प्रतिशत योगदान गर्न पनि आह्वान गरिएको छ । यसअघि फर्लो योजना अप्रिल महिलासम्मका लागि मात्र घोषित थियो ।
यस्तै, करिब ६ लाख स्वरोजगारहरुले सरकारबाट अनुदान पाउने छन् ।
नयाँ बजेटमा प्रतिसाता युनिभर्सल क्रेडिटमा २० पाउण्ड थपिँदै आएकोमा त्यसलाई आगामी ६ महिनाका लागि समय थप गरिएको छ । यस्तै आतिथ्य सत्कार क्षेत्रमा भ्याट लगायतका सुविधाहरुलाई पनि सेप्टेम्बरसम्म लम्ब्याइएको छ ।
यस्तै घर किन्दा दिइएको स्ट्याम्प ड्यूटी छुटलाई पनि जुनको अन्त्यसम्म लम्ब्याइएको छ ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद