लण्डन । बेलायतको इङ्गल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा यही मार्च २१ तारिखका दिन हुन गइरहेको जनगणनामा ‘नेपाली’ पहिचान लेख्न गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले अपील गरेको छ ।
एनआरएनए युकेका अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईद्वारा जारी सो अपीलमा जनगणनामा सोधिने जातिय पहिचान र मातृभाषाको महलमा ‘नेपाली’ लेख्दा नेपालीहरुको तथ्याङ्क खुल्ने र भविष्यमा सरकारद्वारा नेपाली मातृभाषाको आधिकारिता तथा सेवा सुविधामा प्रभाव पार्ने भएकाले सो जनगणनामा भाग लिन सबैमा अनुरोध गरेको छ ।
एनआरएनए युकेले विगतमा सेन्टर फर नेपाल स्टडिज युकेसित सहकार्य गरी बेलायतमा नेपाली पहिचान स्थापित गराउन कोसिस गरेको तर त्यतिबेला सम्पन्न हुन नसके पनि अहिले सबैको प्रयासबाट सफल हुनेमा एनआरएनए विश्वस्त रहेको पनि अपीलमा उल्लेख छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]