लण्डन । बेलायतको इङ्गल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा यही मार्च २१ तारिखका दिन हुन गइरहेको जनगणनामा ‘नेपाली’ पहिचान लेख्न गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले अपील गरेको छ ।
एनआरएनए युकेका अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईद्वारा जारी सो अपीलमा जनगणनामा सोधिने जातिय पहिचान र मातृभाषाको महलमा ‘नेपाली’ लेख्दा नेपालीहरुको तथ्याङ्क खुल्ने र भविष्यमा सरकारद्वारा नेपाली मातृभाषाको आधिकारिता तथा सेवा सुविधामा प्रभाव पार्ने भएकाले सो जनगणनामा भाग लिन सबैमा अनुरोध गरेको छ ।
एनआरएनए युकेले विगतमा सेन्टर फर नेपाल स्टडिज युकेसित सहकार्य गरी बेलायतमा नेपाली पहिचान स्थापित गराउन कोसिस गरेको तर त्यतिबेला सम्पन्न हुन नसके पनि अहिले सबैको प्रयासबाट सफल हुनेमा एनआरएनए विश्वस्त रहेको पनि अपीलमा उल्लेख छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान