लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्धितियाले राजकुमार ह्यारी (ड्युक अफ ससेक्स) र उहाँकीपत्नी मेघन (डचेस अफ ससेक्स)लाई बेलायतको राजकीय सदस्यको जिम्मेबारीबाट अलग गर्नुभएको छ ।
बकिंगघम दरबारबाट शुक्रबार जारी विज्ञप्तिमा दि ड्यूक र डचेस अफ ससेक्सले सार्वजनिक सेवासँग जोडिएका कुनै पनि काममा राजकीय सदस्यको रुपमा जनाउने जिम्मेवारी र कर्तव्यलाई निरन्तरता दिने सम्भावना नरहेको प्रष्ट पारिएको छ ।
यससँगै राजकीय सदस्यको रुपमा उहाँहरुलाई दिइएको सेनाको मानार्थ सम्मान,राजकीय सेवा सुविधा पनि उहाँहरुले महारानीलाई फिर्ता गर्नुपर्ने छ । राजकुमार ह्यारीसँगको छलफलपछि महारानीले लिखित रुपमा यस्तो जानकारी दिनु भएको हो । ह्यारी दम्पतिको यो निर्णयले सबैजना दुःखी भएपनि परिवारको सदस्यको रुपमा भने रहने विज्ञप्तिमा जनाइएको छ ।
गतवर्ष ह्यारी दम्पतिले राजकीय पदबाट अलग भई स्वतन्त्र भएर काम गर्ने बताउनु भएको थियो । उहाँहरुले आर्थिक रुपमा पनि स्वावलम्बी हुने बताउनु भएको थियो । गत वर्ष मार्चमा ह्यारी दम्पतिले औपचारिक रुपमा राजकीय गतिविधिमा सहभागिता नरहने जनाएपछि उहाँहरुको निर्णयलाई एक वर्षसम्म पुनरावलोकन गर्ने समय दिइएको थियो ।
राजकीय सेवाबाट स्वेच्छाले बाहिरिएपछि ह्यारी दम्पति अमेरिका पुग्नु भएको थियो । एक सन्तानको अभिभावक भैसकेको यस दम्पति दोस्रो सन्तानको जन्माईको पर्खाईमा छन् । गत फेब्रुअरी १४ मा दुवै जनाले दोस्रो सन्तानको पर्खाईमा रहेको तस्वीर सार्वजनिक गर्नुभएको थियो ।
हालै मात्र मेघनले बेलायतको चर्चित पत्रिका मेलविरुद्धको मुद्दा जित्नु भएको थियो । मेलले आफ्नो व्यक्तिगत र गोप्य पत्र सार्वजनिक गरेपछि मेघन अदालत पुग्नु भएको थियो ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]