जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले विश्वास लिएको छ ।
अस्ट्राजेनिकाको खोपलाई कोभाक्स कार्यक्रम मार्फत विश्वभर वितरण गर्न डब्लुएचओको अनुमतिले सहज बनाएको छ । डब्लुएचओले यसअघि फाइजरले विकास गरेको खोपलाई मान्यता दिइसकेको छ ।
डब्लुएचओले जारी गरेको विज्ञप्तिमा कोभाक्स मार्फत विश्वभर नै खोप वितरण गर्न यस निर्णयले सघाउ पुग्ने उल्लेख छ । अस्ट्राजेनिकाको खोप हाल भारतको सेरम इन्स्टिच्यूट र दक्षिण कोरियाको एसकेबायोले उत्पादन गरिरहेका छन् ।
भारत र दक्षिण कोरियाबाट अस्ट्राजेनिकाका करिब ३३ करोड ७२ लाख डोज खोप उत्पादन भइसकेको छ । यो खोप कोभाक्समा आबद्ध करिब १४५ मुलुक सहभागी छन् । यस खोपबाट सन् २०२१ को मध्यसम्ममा विश्वको कूल जनसंख्याको करिब ३.३ प्रतिशतलाई खोप लगाउन पर्याप्त हुनेछ ।
कोभाक्सका लागि सेरम इन्स्टिच्यूटबाट अस्ट्राजेनिकाको २४ करोड, दक्षिण कोरियाबाट अस्ट्राजेनिकाको ९ करोड ६० लाख तथा फाइजरबाट १२ लाख डोज उत्पादन हुँदैछ ।
यी खोपहरु दुई डोज लगाउनु पर्दछ ।
६५ वर्षभन्दा माथिका व्यक्तिलाई पनि अस्ट्राजेनिकाको खोप लगाउन मिल्ने डब्लुएचओले जनाएको छ । डब्लुएचओको विज्ञ सल्लाहकार समूहको बैठकले अस्ट्राजेनिकाको खोप ६५ वर्षभन्दा माथिका व्यक्तिलाई पनि दिन सिफारिस गरेको छ ।
यसअघि पर्याप्त तथ्याँकको अभावमा खोपको प्रभावकारिता आँकलन गर्न कठिन भएको पनि डब्लुएचओले स्वीकार गरेको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]