लण्डन । कोरोना भाइरसका कारण बेलायतको अर्थतन्त्र गत वर्ष करिब १० प्रतशितले खुम्चिएको छ ।
बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयको आँकडाअनुसार गतवर्ष बेलायतको कुल ग्राहर्स्थ्य उत्पादन ९.९ प्रतिशतले खुम्चिएको छ ।
यो बेलायतको सन् १७०९ यताकै सबैभन्दा कमजोर अर्थतन्त्र भएको बैँक अफ इङल्याण्डले बताएको छ ।
सो अवधिमा करिब १७ लाख मानिसहरुले जागिर गुमाएको पनि बताइएको छ ।
गत डिसेम्बरमा भने बेलायतको अर्थतन्त्र १.२ प्रतिशत वृद्धि भएको देखिएको छ । अतिथि सत्कार, कार बिक्री र कपाल काट्ने सैलुनहरुका कारण सो वृद्धि देखिएको बताइएको छ ।
यसले बेलायतलाई दोहोरो अंकको आर्थिक मन्दीबाट जोगाएको अपेक्षा गरिएको छ ।
कार्यालयका तथ्याङ्कशास्त्री जोनाथन अथोले कोभिड १९ को टेष्ट र ट्रयासिङ बढाइएकाले पनि अर्थतन्त्रमा सहयोग गरेको बताएका छन् । गत आर्थिक वर्षको अन्तिम चौमासिकमा लकडाउनको वावजुद आर्थिक वृद्धि भएको उनले बताए ।
सो अवधिमा बेलायतको अर्थतन्त्र १ प्रतिशतले वृद्धि भएको थियो ।
बेलायतमा कुल ग्राहर्स्थ्य उत्पादनको मापन दोस्रो विश्वयुद्धपछि शुरु गरिएको हो । त्यसयता हालसम्ममा सबैभन्दा धेरै ४.१ प्रतिशतसम्म अर्थतन्त्र खुम्चिएको पाइएको थियो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा