लण्डन । कोरोना भाइरसका कारण बेलायतको अर्थतन्त्र गत वर्ष करिब १० प्रतशितले खुम्चिएको छ ।
बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयको आँकडाअनुसार गतवर्ष बेलायतको कुल ग्राहर्स्थ्य उत्पादन ९.९ प्रतिशतले खुम्चिएको छ ।
यो बेलायतको सन् १७०९ यताकै सबैभन्दा कमजोर अर्थतन्त्र भएको बैँक अफ इङल्याण्डले बताएको छ ।
सो अवधिमा करिब १७ लाख मानिसहरुले जागिर गुमाएको पनि बताइएको छ ।
गत डिसेम्बरमा भने बेलायतको अर्थतन्त्र १.२ प्रतिशत वृद्धि भएको देखिएको छ । अतिथि सत्कार, कार बिक्री र कपाल काट्ने सैलुनहरुका कारण सो वृद्धि देखिएको बताइएको छ ।
यसले बेलायतलाई दोहोरो अंकको आर्थिक मन्दीबाट जोगाएको अपेक्षा गरिएको छ ।
कार्यालयका तथ्याङ्कशास्त्री जोनाथन अथोले कोभिड १९ को टेष्ट र ट्रयासिङ बढाइएकाले पनि अर्थतन्त्रमा सहयोग गरेको बताएका छन् । गत आर्थिक वर्षको अन्तिम चौमासिकमा लकडाउनको वावजुद आर्थिक वृद्धि भएको उनले बताए ।
सो अवधिमा बेलायतको अर्थतन्त्र १ प्रतिशतले वृद्धि भएको थियो ।
बेलायतमा कुल ग्राहर्स्थ्य उत्पादनको मापन दोस्रो विश्वयुद्धपछि शुरु गरिएको हो । त्यसयता हालसम्ममा सबैभन्दा धेरै ४.१ प्रतिशतसम्म अर्थतन्त्र खुम्चिएको पाइएको थियो ।
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता