लण्डन । बेलायतमा आजदेखि एकै व्यक्तिलाई कोरोनाविरुद्ध विकास गरिएको फरक-फरक खोप दिइ त्यसबाट कस्तो शरीरमा कस्तो प्रतिरोध क्षमता देखिन्छ भन्ने अनुसन्धान गर्न परीक्षण शुरु गरिएको छ ।
परीक्षणमा सहभागीहरुलाई आष्ट्राजेनिका र फाइजरको खोप दिइनेछ । शुरुमा फाइजरको खोप लगाएकाहरुलाई बुस्टर डोज आष्ट्राजेनिकाको दिइनेछ भने शुरुमा आष्ट्राजेनिकाको खोप दिइएकालाई फाइजरको बुस्टर खोप दिइनेछ । पहिलो र दोस्रो डोजको अन्तर चारदेखि १२ साताको हुनेछ ।
५० वर्ष उमेर कटेका करिब ८०० स्वयंसेवकहरुले सो परीक्षणमा भाग लिने बताइएको छ । यस परीक्षणको शुरुवाती नतीजा जुन महिनामा प्रकाशन हुने अपेक्षा गरिएको छ ।
अनुसन्धानकर्ताले यसरी खोप दिइएका व्यक्तिहरुमा एन्टीबडी र टी सेलमा कस्तो प्रतिक्रिया उन्पन्न भयो अनुसन्धान गर्नेछन् । साथै साइड इफेक्ट पनि अनुगमन गर्नेछन् ।
खो परीक्षणको नेतृत्व गरिररहेका अक्सफोर्ड विश्वविद्यालयका म्याथ्यु स्नापले जुनसम्ममा अध्ययनको नतीजा बाहिर ल्याउने बताएका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]