लण्डन । लुम्बिनी बौद्ध विश्वविद्यालयका सिनेट सदस्य डा. चन्द्रकुमार लक्सम्बाको निधन भएको छ ।
हाल बेलायतमा रहेका डा. लक्सम्बालाई कोभिड १९ को लक्षण देखिएपछि फ्रिम्ली पार्क अस्पताल बेलायतमा भर्ना गरी उपचार भइरहेकोमा सोमबार हृदयघात भएको पारिवारिक स्रोतले बताएको छ । उनको ६० वर्षको उमेरमा मंगलबार दिउँसो निधन भएको हो ।
नेपालमा रहेका उनका साला, नेकपा (नेकपा) का नेता तथा वैदेशिक रोजगार व्यवसायी चित्रगुप्त साँवाले उनको निधन भएको सामाजिक सन्जालमा पोस्ट गरेका छन् । यस्तै बेलायतस्थित ताप्लेजुङ समाज युकेका अध्यक्ष बुद्धिमान दर्नालले पनि डा लक्सम्बाको आज दिउँसो असामयिक निधन भएको भन्दै गहिरो समवेदना समाजको सामाजिक सन्जालमा प्रकाशित गरेका छन् ।
ताप्लेजुङको सिकैँचामा जन्मेका लक्सम्बा विद्यार्थीकालमा २०३६ सालमा अस्कल क्याम्पसको स्ववियू सभापति पनि भएका थिए ।
त्यसपछि बेलायती सेनामा भर्ती भएका लक्सम्बाले सैन्य सेवा १९ वर्ष सेवा गरेका थिए । उनले सेवाकाशपछि बेलायतको सरे विश्वविद्यालयबाट लाइफ लङ लर्निङमा विद्यावारिधि गरेका थिए । उनी बेलायतमा सेन्टर फर नेपाल स्टडिज युकेको पूर्व कार्यकारी निर्देशक, अक्सफोर्ड विश्वविद्यालयको रिसर्च फेलो आदि रहेका थिए । उनले दर्जनौं अनुसन्धान गरेका छन् ।
लक्सम्बा पछिल्लो समय नेपाल फर्किएर नेपाल खुला विश्वविद्यालयमा प्राध्यापनरत थिए । उनलाई केही महिनाअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बौद्ध विश्वविद्यालयको प्राज्ञ सदस्य नियुक्त गरेका थिए ।
लक्सम्बा बेलायतको नेपाली समाजका अगुवा पनि हुन् । उनी ताप्लेजुङ समाज युकेका दुई कार्यकाल अध्यक्ष, गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष रहेका थिए । साथै उनी गोरखा भूतपूर्व सैनिकहरुको समानअधिकार प्राप्तीको आन्दोलनमा पनि सक्रिय थिए ।
उनको सम्पादनमा युरोपको नेपालीपत्र साप्ताहिक र गोरखा भ्वाइस पाक्षिक पत्रिका पनि प्रकाशन भएको थियो ।
उनका श्रीमती र दुई छोरा छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]