लण्डन । बेलायतमा ठूलो संख्यामा कोरोना भाइरसविरुद्ध खोप दिनका लागि सोमबारदेखि १० वटा नयाँ केन्द्र संचालनमा आउने भएका छन् ।
नयाँ संचालनमा आउने केन्द्रहरुमा बोर्नमाउथ इन्टरन्याशनल सेन्टर, टाउटन रेसकोर्स, सोमरसेट, ब्ल्याकबर्न कथिड्रल, लांकासायर, सल्टहिल एक्टिभिटी सेन्टर, स्लाओ, बर्कसायर, नोरिच फुट कोर्ट, नोरिच, द लज इन विकफोर्ड, ससेक्स, प्रिन्सेस रोयल स्पोर्टस् एरेना, लिंकनसायर, सेन्ट हेलेन्स रग्बी ग्राउण्ड मर्सिसाइड, द पार्क एण्ड राइड आक्साम बार योर्क र ओलम्पिक अफिस सेन्टर वेम्ब्ली लण्डन रहेका छन् ।
यसअघि गत साताबाट बेलायतका विभिन्न सात स्थानमा ठूलो संख्यामा खोप दिइँदै आएको छ । यसबाहेक करिब १ हजार जीपी र साढे दुईसय अस्पतालबाट पनि कोरोनाविरुद्ध खोप दिइँदै आएको छ ।
यी खोप केन्द्रबाट ४५ मिनेटको कार यात्रामा समेटिने क्षेत्रका ८० वर्षमाथिका मानिसहरुलाई सो केन्द्रमा खोप लगाउन बोलाइएको छ ।
गत साता करिब ६ लाख ४१ हजार मानिसहरुलाई खोप दिन बोलाइएको र यसै सप्ताहन्तमा थप ३ लाख ८० हजार निमन्त्रणा पठाइएको छ । साथै आगामी साता करिब ५ लाख मानिसहरुलाई खोप लगाउन बोलाइने छ ।
घरबाट बाहिर निस्कन नसक्ने वयोवृद्धहरुलाई भने जीपी वा अस्पतालले सम्पर्क नगरुन्जेल घरमा रहन सल्लाह दिइएको छ ।
बेलायतमा हालसम्म करिब ३५ लाख मानिसहरुले कोरोना विरुद्धको पहिलो चरणको खोप लगाइसकेका छन् ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की