लण्डन । बेलायतमा आजदेखि ठूलो संख्यामा कोरोनाविरुद्ध खोप दिन शुरु गरिएको छ ।
सरकारले देशका विभिन्न सात स्थानबाट वृद्धवृद्धा तथा स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत मानिसहरुलाई सो खोप दिन शुरु गरेको हो ।
आजदेखि लण्डन, ब्रिस्टोल, सरे, न्युक्यासल,म्यानचेष्टर, स्टेभेनेज र बर्मिङहाममा एकै स्थानबाट ठूलो संख्यामा खोप दिन शुरु गरिएको छ । ती सेन्टरहरुमा एक मिनेटमा चार जनालाई खोप दिने क्षमता रहेको बताइएको छ ।
सरकारले ठूलो संख्यामा खोप दिन आगामी साता थप केन्द्रहरु खोल्ने बताएको छ ।
सरकारले अहिलेको लकडाउन (फेब्रुअरी दोस्रो सातासम्म)को अवधिमै खोप पाउनुपर्ने प्राथमिकताको उच्च चार समूहमा रहेका करिब १ करोड ३० लाख मानिसहरुलाई कोरोनाको खोप दिने लक्ष्य राखेको छ । यसैगरी आगामी सेप्टेम्बरभित्रमा सबै मानिसहरुलाई खोप दिइसक्ने सरकारको योजना रहेको स्वास्थ्य मन्त्री म्याट ह्यानककले आइतबार बताएका छन् ।
बेलायतका करिब १ हजार २०० जीपी, अस्पतालबाट यसअघि नै खोप दिइँदै आएकोमा अब फार्मेसीबाट पनि खोप दिन शुरु गरिँदै छ ।
बेलायतका खोप मन्त्री नदिम जाहावीले अहिले दैनिक २ लाख मानिसहरुलाई खोप दिन शुरु गरिएको बताएका छन् ।
हालसम्म युकेको कुल जनसंख्याको २.४ प्रतिशतले मात्र खोपको पहिलो मात्रा पाएको तथ्यांकले देखाएको छ जबकि बेलायतभन्दा पछि खोप दिन शुरु गरेको इजरायलले करिब १५ प्रतिशत जनसंख्यालाई खोप दिएको दाबी गरेको छ ।
बेलायतमा कोरोना भाइरसका कारण ८१ हजार मानिसको ज्यान गइसकेको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]