लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) इतिहासमै पहिलो पटक अप्ठ्यारो स्थितिमा पुगेको छ । संस्थापन पक्षले कोरोना महामारीकै वीचमा एकलौटी ढंगले विधान संशोधन प्रस्ताब अघि बढाएपछि एनआरएनए दुई पक्षमा बिभाजित भई अप्ठ्यारो स्थिति आएको हो । संस्थापक पक्षले विधान विपरीत विधान संशोधन प्रस्ताव कोरोना महामारी विचमा ल्याएको भन्दै असन्तुष्ट पक्षका तर्फबाट पाँच जनाले परराष्ट्र मन्त्रालयमा उजुरी समेत दिइसकेका छन ।
कार्यसमितिकै सदस्यहरुको असहमति विच झण्डै १८ बर्षे एनआरएनए इतिहासमा संघ अध्यक्ष कुमार पन्त र महासचिव डा. हेमराज शर्माले विधान संशोधनका एजेण्डा अघि बढाउने निर्णय गरेपछि नेपाल प्रवासी नेपालीहरुको ठुला सामाजिक संस्थाभित्रको विवाद सामाजिक संजालमा छरपस्ट हुन थालेको छ । यसका पक्ष र विपक्षमा ससक्त धारणा सार्वजनिक हुन थालेपछि कति बिभाजनमै पुग्ने पो कि भन्ने चिन्ता संस्थापकहले सार्वजनिक गर्न थालेका छन । एनआरएनएले असहमति बीच दुई साता अघि नै विधान संशोधन प्रस्ताब सार्वजनिक गरेको थियो ।
संस्थापन पक्ष जसरी विधान संशोधन पारित गर्ने पक्षमा छ । त्यसका लागि संस्थापन पक्षले गत नवौं सम्मेलनमा भाग नलिएका मानिसहरुलाई प्रतिनिधि बनाइसकेको छ । जसका कारण संस्थापन पक्षले प्रस्तुत गर्ने जुनसुकै प्रस्ताब सजिलै पारित हुनेछ । संघको विधानअनुसार दुई तिहाइ सदस्य संशोधन पारितका लागि आवश्यक पर्छ । उक्त संख्या संस्थापनले तयार पारिसकेको छ । ८ बर्षअघि देखि नेतृत्वको अतृप्त चाहना बोकेर महासचिव डा शर्माले पटक-पटक विधान सशोधन गर्न खोजेको जानकारी एक जुम अन्तरवार्तामा हालै सार्वजनिक गरेका थिए । ‘मैले ८ बर्षअघि संशोधन गर्न खोजेको तर सकिन । अव चाहि पारित हुन्छ,’ उनले जुम अन्तरवार्तामा भनेका छन । महासचिव शर्माले विधान संशोधन नभए निर्वाचनमा भोट खरीद बिक्री हुने दावी गरेका छन । उनले आफ्नो अनुकुल विधान संशोधन गरि निर्वाचनमा जाने तयारी भित्री रुपमा गरेका छन । शर्माले अन्तरवार्तामा संशोधन पारित नभए निर्वाचन नलड्ने घोषणा समेत गरेका छन । जसअनुसार ७० प्रतिशत प्रतिनिधिहरु पुरानैबाट छानिने प्रावधान राखिनेछ ।
महामारीमा काम गरौं, दशौं सम्मेलनमा विधान संशोधन गरौला
यसैबिच, अध्यक्ष पन्त र महासचिव शर्माको प्रस्तावको भद्ररुपमा दु्ई पुर्व अध्यक्षले विरोध गरेका छन । पुर्व अध्यक्षद्वय शेष घले, देवमान हिराचन कोभिड-१९ महामारीमा काम गर्ने बेलामा गरिने विशेष महाधिवेशनमा अत्यावश्यक दुई प्रस्ताब बाहेक अन्य काम नगर्न सुझाब दिएका छन । दुई कार्यकाल एनआरएनएका नेतृत्व सम्हालेका पुर्व अध्यक्ष घलेले कोभिडका मारमा परेका गैरआवासीय नेपालीहरुलाई सहयोग गर्न संघ नेतृत्वलाई आग्रह गरिसकेका छन । प्राय: कम बोल्ने स्वभावका घलेले विधान संशोधन प्राथमिकताको बिषय नरहेको जनाउदै गैरआवासीय नेपालीलाई कोभिडका बारेमा सचेतना जगाउन लाग्ने पर्ने समय आएको सुझाए ।
पुर्वअध्यक्ष हिराचनले महाधिवेशन जस्तो दीर्घकालीन महत्व राख्ने बिषय भर्चुअल प्रविधि मार्फत भन्दा काठमाण्डौं हुने सम्मेलनमा गर्न सुझाब दिएका छन । उनले अनलाइन मार्फत गरिने अधिवेशनमा गत बर्ष पारित हुन नसकेका प्रस्ताव मात्र गर्न सुझाएको इमेल संघ नेतृत्वलाई पठाएका छन । ‘विधान संशोधनका बिषयहरु महामारीको बेला हतारिएर गर्नु हुदैन,’ इमेलमा उनले प्रस्टसँग भनेको संघ स्रोतले बतायो ।
पुर्व अध्यक्ष जीवा लामिछानेले यसबारेमा औपचारिक रुपमा केही प्रतिक्रिया व्यक्त गरेका छैनन् । स्रोतका अनुसार अदालतमा मुद्दा पर्याे भने संस्थापक अध्यक्ष डा.उपेन्द्र मह्तोले औपचारिक रुपमा मुख खोल्नेछन । संघका सल्लाहकार कुल आचार्यले कोरोना महामारीमा बेला वेमौसमी बाजा नबझाउन नेतृत्वसँग आग्रह गरे । उनले जवर्जस्ति संस्थापन अघि बढे दुर्घटना हुन सक्ने चेतावनी समेत इमेल मार्फत दिएको एनआरएनए स्रोतले बतायो । संघ अध्यक्ष कुमार पन्त बस्ने जर्मनी र महासचिव डा. हेमराज शर्मा बसोबास गर्ने बेलायतमा कोरोना महामारीका कारण दुवै देश लकडाउनको अवस्थामा छ । संभवत २३ र २४ जनवरीमा विशेष अधिवेशन हुदाँ दुवै मुलुक लकडाउनमै रहनेछन । बेलायत र जर्मनीका कोभिड संक्रमितको सख्या ह्वात्तै बढेपछि लकडाउन गरिएको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]