चितवन, २० माघ – गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज यहाँ स्वागत गरिएको छ ।
भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत गरी रयालीका साथ निर्माणस्थल रामपुर पुरयाइएको थियो । रङ्गशाला निर्माणस्थलमा आयोजित रङ्गशालासम्बन्धी गृहजिल्ला घोषणा एवं डिपिआर निर्माण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेशनका अध्यक्ष सीतारामले जिल्लामा बन्ने रङ्गशाला नेपालको गौरव हुने बताउनुभयो ।
उहाँले चितवन र समग्र नेपाललाई नै विश्वसामु चिनाउन रङ्गशाला महत्वपूर्ण हुने बताउनुभयो । उहाँले तोकेकै समयमा रङ्गशाला निर्माण सम्पन्न गरिने जानकारी गराउनुभयो । फाउण्डेशनका उपाध्यक्ष कुञ्जनाले सबैको साथ र सहयोगका लागि आह्वान गर्नुभयो । सरकारले यो महान् अभियानमा आफूहरुलाई सहभागी गराएको भन्दै उहाँले सबैको साथ र सहयोगबाट रङ्गशाला बन्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायण दाहालले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न जिल्लाका राजनीतिक दल सक्रियताका साथ लाग्ने बताउनुभयो । उहाँले देशमा विकास निर्माणको युग शुरु भएको भन्दै त्यसमा हातेमालो गर्न सबैलाई आह्वान गर्नुभयो ।
नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले रङ्गशाला निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले काङ्ग्रेस प्रतिपक्ष दल भए पनि विकास निर्माणमा सधैँ हातेमालो गर्दै जाने बताउनुभयो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनसँग सम्झौता भएपछि उत्साहित भएको बताउनुभयो । उहाँले रङ्गशाला निर्माणका लागि सरकारी तवरबाट हुने सबै काम महानगरले गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा विभिन्न दाताहरुले रु एक करोडभन्दा बढी सहयोगको घोषणा गरेको महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताउनुभयो ।
स्थानीयवासीले घरअगाडिका सडक किनारामा घडा राखेर र ठाउँठाउँमा स्वागतद्वारसहित स्वागत गरेका थिए । आजैदेखि रङ्गशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु भएको घोषणा गरिएको छ ।
दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न तीन अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । रङ्गशालामा क्रिकेटका अतिरिक्त अन्य खेलहरु खेल्न सकिनेछ । रङ्गशालालाई एकेडेमीका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । भरतपुर महानगरपालिका–१५ मा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिगाहा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो । रङ्गशाला निर्माणको प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा यसअघि नै काठमाडौँमा घोषणा भइसकेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस