लन्डन । १६ जुन शनिबार बेलायतको बेजिङस्टोकस्थित डमर डाउन फार्ममा हजारौं नेपाली युवा ‘जुन फेस्टिभल’ मा रमाए । युवा लक्षित उक्त आउटडोर नेपाली संगीत मेलामा करिब ४ हजार दर्शक सहभागी भएर नेपाली गीत संगीतको आनन्द लिएका हुन् । ‘जुन फेस्टिभल’ मा अफ्रिकन ब्याण्डदेखि नेपाल, बेलायत र अमेरिकासम्मबाट आएका नेपाली कलाकारले ‘परफर्मेन्स’ गरे ।
अफ्रिकी ब्याण्ड ज्यान्तागोलासहित यूकेस्थित नेपाली व्याण्ड ‘हामी’, यूके बस्ने नेपाली रयापर योद्धा, नेपालबाट आएका नितेशजंग कुंवर, सविन राई, बिपुल क्षेत्री एण्ड दि ट्राभलिङ व्याण्ड र अमेरिकाबाट आएका दिवस गुरुङले दर्शकहरुलाई नेपाली गीत संगीतमा ‘ननस्टप’ नचाइरहे ।
डिजे याकोले बीचबीचमा उस्तै मनोरन्जन दिए । उक्त मेलामा संगीतबाहेक नेपाली खानाका स्टलहरु पनि थिए ।
पर्चा प्रोडक्सन र बिफेस्टले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रम सञ्चालन समिर गुरुङले गरेका थिए । गत वर्ष यही आयोजकले वेम्ली एरिनामा झण्डै ७ हजार दर्शकमाझ ‘जुन फेस्टिभल’ गरेको थियो ।
पर्चा प्रोडक्सनका सिइओ समिर गुरुङ देश विदेशमा रहेका नेपाली कलाकारहरुलाई ‘प्लेटफर्म’ दिन र नेपाली कला संगीतलाई जगेर्ना गर्ने उद्देश्य अनुरुप वर्षेनी बेलायतमा यस्ता कार्यक्रम गरिएको बताउंछन् । ‘यो बेलायतभर छरिएर रहेका युवाहरुबीच भातृत्व र मित्रता अभिवृद्धि गर्ने प्रयास पनि हो’- समिरले भने ।
तस्विरहरु- रुपक प्रजापति
मे १० मा आयरल्यान्डमा नेपाली दूतावास लन्डनको घुम्ती सेवा शिविर [सूचनासहित]
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी