काठमाडौँ, ७ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सिङ्गो मुलुक स्थानीय निकायको निर्वाचनको अन्तिम तयारीमा जुटेका बेला निर्वाचन आचारसंहिताविपरीत केही मन्त्रालयबाट निर्वाचनलाई लक्षित गरी नयाँ कार्यक्रमका लागि बजेट रकमान्तरण भइरहेको जनाउँदै त्यसलाई रोक्न आयोगको ध्यानाकर्षण गराएको छ ।
उक्त पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयुक्तलाई भेटेर निर्वाचनको सुनिश्चितताबारे पनि आवश्यक जानकारी माग गरेको हो ।
माओवादी पूर्व लडाकुका नाममा अर्थ मन्त्रालयबाट शान्ति तथा पुनःनिर्माणमा बजेट निकास भएको, खेलकुद मन्त्रालयअन्तर्गत नयाँ कार्यक्रमको नाममा बजेट रकमान्तरण गरिएको तथा रोल्पामा विभिन्न सडक निर्माण गर्न करोडाँै बजेट निकासाका लागि तयार गर्दै गरेको प्रमाणसहितको ठोस काजजात सो अवसरमा प्रस्तुत गरिएको नेकपा एमालेले जनाएको छ ।
मुलुकका कतिपय स्थानमा निर्वाचनमा मतदातालाई प्रभावित तुल्याउने ढङ्गबाट कतिपय ठाउँमा विद्युत् प्राधिकरणका कर्मचारीको सरुवा गर्ने, पोल, तार र मिटरबक्स उपलब्ध गराउने समेतका काम सत्तारुढ दलबाट भएको भनी सो अवसरमा आयोगको ध्यानाकर्षण गराएको थियो ।
छलफलपछि संसदीय दलका उपनेता नेम्वाङले सञ्चारकर्मीसँग कुराकानी गर्दै भन्नुभयो, “स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुनु पर्दछ, त्यसमा यताउति हुनुहुदैन भनी हामीले माग गरेका छाँै ।”
जवाफमा एकै चरणमा निर्वाचन हुन्छ, यताउति हुँदैन, तोकिएकै मितिमा निर्वाचन गर्ने अठोट, प्रतिबद्धता र दृढता आयोगको तर्फबाट आएको छ– उहाँले भन्नुभयो ।
आगामी ३१ गतेको निर्वाचन सम्पन्न गर्न सुरक्षा प्रबन्धलगायत आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाउँदै आयोगले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गर्न आयोग प्रतिबद्ध रहेकाले त्यसमा कुनै आशङ्का नगर्न एमालेलाई विश्वस्त तुल्याएको थियो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा