लन्डन । नेप्लिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले आफ्नो स्थापनाको सातौं वार्षिकोत्सब तथा साधारणसभा गर्दै नयां कार्यसमिति चुनेको छ । ५ मार्च २०१७ आइतबारहिमालयन क्लव, लन्डन सडबरीमा सम्पन्न साधारणसभाले मिलन घिमिरेको अध्यक्षतामा १९ सदस्यीय नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
साधारणसभाले सचिवमा चुरामणी रेग्मी, कोषाध्यक्ष ऋषि खनाल र सदस्यहरूमा समिर नाथ प्याकुरेल, राजेन्द्र ओझा, लेखनाथ घिमिरे, वसन्त नेपाल, राम सुन्दर शाह, खेमराज जोशी, हरिभक्त न्यौपाने, भगवती रानाभाट, मुना पौडेल, अन्जु सिग्देल, किरण अधिकारी, प्रभु न्यौपाने, सुमन गुरुङ, प्रसुन राना, सन्जिव घिमिरे र रामु पाण्डेलाई चयन गरेको छ ।
कार्यसमिति चयन पश्चात बसेको पहिलो बैठकले संस्थाको सल्लाहकारहरुमा कुल आचार्य, कमल पौडेल, गंगाबहादुर राना, कमलराज खनाल, कृष्ण तिमिल्सेना, रामशरण सिम्खडा, विज्ञान प्रसाईं, राजकुमार त्रिपाठी, महेशकुमार दाहाल, बासु लामिछाने, र गोपाल आलेलाई चयन गरेको छ ।
उक्त कार्यक्रम वार्षिक साधारण सभा तथा स्थापना दिवस गरि दुई चरणमा विभाजित गरिएको थियो । कार्यक्रका प्रमुख अतिथि एनआरएनए युरोप कोअर्डिनेटर तथा संस्थाका सल्लाहकार कुल आचार्य, संस्थापक कोअर्डिनेटर कमल पौडेल, पूर्व कोअर्डिनेटर गंगाबहादुर राना, सल्लाहकारहरू विज्ञान प्रसाईं, रामशरण सिम्खडा तथा महिला प्रतिनिधि भगवती रानाभाटले संस्थाले गरेका सामाजिक, मानवीय, भाषा संस्कृतिको जगेर्ना र मनोरन्जनात्मक जस्ता राम्रा कामको चर्चा गर्दै संस्था बेलायतमा नमुनाका रूपमा स्थापित भएको दावी गरे ।
कोअर्डिनेटर कमलराज खनालको सभापतित्वमा भएको कार्यक्रममा सदस्य समिरनाथ प्याकुरेलले स्वागत मन्तव्य दिए भने कार्यक्रम सञ्चालन सचिव मिलन घिमिरेले गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग